भालुवाङबाट लागुऔषध सहित एक युवक पक्राउ



भालुवाङबाट लागुऔषध सहित एक युवक पक्राउ

भालुवाङ ६ साउन । दाङको भालुवाङबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्यूठान नगरपालिका वडा नम्बर ४ घर बताउने बर्ष २१ को सुजन पुन रहेका छन् । शनिबार बेलुका ७: ०५ बजेको समयमा भालुवाङ स्थित बसपार्कमा लागुपदार्थ सेवन तथा ओसापसर भईरहेको छ भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो ।

लागु पदार्थ सेवन गरे जस्तो लठ्ठ परेको अबस्थामा पुनलाई लागुऔषध नाइट्राभेट-१० नामक ट्याबलेटहरु सहित पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका पुन माथि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे