आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै, किन मनाइन्छ गुरु पूर्णिमा ? यस्ताे छ महत्त्व



आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै, किन मनाइन्छ गुरु पूर्णिमा ? यस्ताे छ महत्त्व

काठमाण्डौ ६ साउन । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले बताउनुभयो । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमासमेत मानेको छ ।

विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ :

गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

गुरु पूर्णिमाका अवसरमा आजको दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

व्यास जयन्ती 

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । असार शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले आजको दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

यस्ताे छ महत्त्व :

गुरु पूर्णिमा नेपालमा आध्यात्मिक वा शैक्षिक गुरुहरूको सम्मानमा मनाइने पर्व हो । आफ्ना गुरुहरूलाई नमन गर्न र उनीहरूप्रति आदर प्रकट गर्न यो पर्व मनाइन्छ । हामी सबै मानिसको जीवन निर्माणमा गुरुहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।

यस्तो अवस्थामा हामीलाई आकार दिन योगदान पु¥याउने गुरुहरूप्रति कृतज्ञताको भावना कायम राख्नुपर्ने जनविश्वास छ र त्यसलाई व्यक्त गर्न नै गुरुपूर्णिमा पर्व मनाइन्छ ।

हिन्दू धर्मावलम्बीहरुको परम्परा अनुसार असार शुक्ल पक्षको पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइन्छ । यो पर्व सामान्यतया असार ( साउन महिनामा पर्दछ । यो वर्ष असार १८ गते सोमबार गुरु पूर्णिमा परेको छ ।

पौराणिक मान्यता अनुसार गुरु पूर्णिमालाई महाभारतका रचयिता वेद व्यासको जन्मदिन मानिन्छ। उनको सम्मानमा यो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। शास्त्रमा भनिएको छ (गुरु पूर्णिमाको दिन महर्षि वेदव्यासले चारै वेदको रचना गरेका थिए त्यसैले उनको नाम वेद व्यास राखिएको हो ।

परापूर्वकालदेखि नै गुरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । प्राचीन सभ्यता होस् वा आधुनिक युग, समाज निर्माणमा गुरुको भूमिका महत्वपूर्ण छ । जबसम्म गुरुको कृपा प्राप्त हुँदैन, तबसम्म मानिस अज्ञानको अन्धकारमा भौतारिन्छ र भ्रमको बन्धनमा बाँधिएको हुन्छ, उसले मोक्ष प्राप्त गर्दैन । गुरुबिना उसलाई सत्य र असत्यको भेद थाहा हुँदैन, सही र गलतको ज्ञान हुँदैन ।

पौराणिक कथा अनुसार जगतगुरु भगवान शिवले यहि दिन देखि सप्तऋषिहरुलाई योग सिकाउन थालेका थिए । गुरु पूर्णिमाको पर्व नेपालमा मात्र नभई भारत र भुटानमा पनि धुमधामका साथ मनाइन्छ ।

नेपालमा गुरु पूर्णिमालाई शिक्षक दिवसका रूपमा समेत मनाइन्छ । बुद्ध धर्ममा आस्था राख्नेहरुले भगवान बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउँछन् । उनीहरुको विश्वास अनुसार भगवान बुद्धले यसै दिन उत्तर प्रदेशको सारनाथमा पहिलो उपदेश दिएका थिए । त्यसपछि मात्रै बुद्ध धर्मको सुरुवात भएको मानिन्छ ।

किन मनाइन्छ गुरु पूर्णिमा ?

आषाढ महिनाको पूर्णिमालाई गुरु पूर्णिमा पनि भनिन्छ। हाम्रो देश नेपालमा अनेकौं परम्पराहरु छन । ती परम्पराहरू मध्ये एक गुरु(शिष्य परम्परा पनि हो । नेपाल प्राचीन कालदेखि नै महान गुरुहरू र उनीहरूका शिष्यहरूको जन्मस्थल हो। गुरु हाम्रो संस्कृतिको एक महत्वपूर्ण अंग हो र त्यही संस्कृतिको सम्झनामा आषाढ महिनाको पूर्णिमाका दिन गुरु पूर्णिमा मनाइन्छ ।

गुरु पूर्णिमाको सन्दर्भमा के पनि भनिन्छ भने यहि दिन वेदव्यासले वेदको रचना गरेका थिए । धेरै पुराण, उपपुराण र महाभारतको पनि यहि दिन रचना भएको थियो। त्यसैले य‍ो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे