गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा खनाल नियुक्त



गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा खनाल नियुक्त

लमही २ साउन । दाङको लमहीमा शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा सुरज खनाल नियुक्त भएका छन् ।

आज बसेको विद्यालय संचालक समितिको बैठकले लामो समय शिक्षा क्षेत्रको अनुभव बटुलेका खनाललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त प्रधानाध्यापक खनालले साउन २ गतेबाट जिम्मेवारी समेत सम्हालेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक खनालले गुरुकुल एउटा उत्कृष्ट विद्यालय भएको र सम्पुर्ण यस विद्यालयका अभिभावकहरुका बालबालिकाहरु यहि उत्कृष्ट विद्यालयमा अध्ययणरत भएको हुँदा सम्पुर्ण विद्यार्थिहरुको उज्वल भविष्यका लागि विद्यालयले गर्नुपर्ने सम्पुर्ण जिम्मेवारी आफुले पुरा गर्ने बताउँदै अभिभावकहरुलाई ढुक्क हुन आग्रह समेत गरे ।

साथै विद्यालयलाई सफल बनाउनको लागि सम्पुर्ण अभिभावक , कर्मचारी , विद्यार्थी र संचालक समितिको पुर्ण सहयोगको आवश्यक रहने भएकाले सम्पुर्णमा सहयोग गर्न समेत अपिलगरेका छन् । पछिल्लो समय बढ्दै गएको नँया नँया प्रविधिहरु प्रयोग गरी विद्यार्थीहरुलाई अध्यापन गराउने समेत उनले बताए । यसैगरी नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै विद्यालय संचालक समितिका अध्यक्ष ई. अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षा संगै अब्बल शैक्षिक संस्थाका रुपमा गुरुकुल एकेडेमी लमहिलाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

गुरुकुल एकेडेमी घोराहीमा स्थापना भएको ९ बर्षको अवधिमा महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको भन्दै उनले ति उपलब्धिहरुलाई संस्थागत गर्दै लक्ष्य प्राप्तीका लागि खनालले नेतृत्वदायी भुमिका खेल्नेमा विश्वास गरे ।दाङको घोराहीमा जन्मिएका खनालले घोराहीकै महेन्द्र बहुमुखी क्याम्पसबाट ब्याचलर गरेका थिए । यसै गरी त्रिभुवण युनिभर्सिटी बाट मास्टर गरेका खनालले एमफिल पोखरा युनिभर्सिटिबाट गरेका हुन् । बिगत ९ बर्ष काठ्मान्डौ पद्य्मकन्या क्याम्पसमा अध्यापन गरी अनुभव बटुलेका खनाल गुरुकुल एकेडेमी लमहिमा २०८० सालबाट सहायक प्रधानाध्यापकमा नियुक्त भएका थिए । यसैगरी विद्यालय संयोजकमा एलिसा शर्मा नियुक्त भएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे