जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था भालुवाङ शाखाद्वारा फलफूलका बिरुवा वितरण
भालुवाङ २५ असार । दाङमा एक लघु वित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूलाई निशुल्क रूपमा फलफूलको बिरुवा वितरण गरेको छ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयको समन्वयमा सो फलफूलका बिरुवा वितरण गरिएको हो । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक ९ पोखरा र अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) को संयुक्त आयोजनामा शाखाले १ सय जना सदस्यहरुलाई निशुल्क रुपमा फलफूलको विरुवा वितरण गरेको छ । घर आँगनमै निशुल्क विरुवा उपहार पाउँदा सदस्यहरु समेत खुसी भएका छन् । फलफूलका विरुवा बाहिर किन्दा मंहगो शुल्क तिरेर किन्नु पथ्र्यो तर संस्थाले घर आँगनमै ल्याएर निशुल्क विरुवा दिदा उनीहरूलाई धेरै राहत भएको छ । बचत गर्ने र ऋण लिने काम मात्र नभई संस्थाले महिला दिदीबहिनीहरूलाई कृषिको माध्यमबाट सक्षम बनाउन आँप र कागतीको बिरुवा उपहार दिएको राप्ती जाल्पा सामुदायिक लघु वित्त वित्तीय संस्था केन्द्र नं. ५३ का केन्द्रका प्रमुख निर्मला चाैधरी र सदस्य टिकारानी चाैधरीले बताइन् ।