लुम्बिनीमा मुख्यमन्त्री महरालाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न एमालेको आग्रह



लुम्बिनीमा मुख्यमन्त्री महरालाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न एमालेको आग्रह

भालुवाङ २१ असार । केन्द्रमा कांग्रेस–एमाले सत्ता गठबन्धन गर्ने सहमति गरेसँगै लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेकाे छ ।

पार्टीको तर्फबाट  मुख्यमन्त्री महरालाई भेटेर परिस्थिती परिवर्तन भएकाले राजीनामा दिएर राजनीतिक उचाईलाई काम राख्न आफूले आग्रह गरेको एमालेका सचेतक तुल्सी चौधरीले जानकारी दिए ।

आफ्नो प्रस्तावमा मुख्यमन्त्री महरा सकारात्मक देखिए पनि आर्थिक वर्ष सकिन लागेका अयोजनाहरुको भुक्तानीका कामलाई अघि देखाएर अलमलको प्रतिक्रिया दिएको सचेतक चाैधरीले बताए ।

२०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् ।

एमालेले समर्थन फिर्ता लिएको अवस्थामा महरासँग १८ मात्र सांसद हुनेछन्। बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्। यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ। नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले संघबाट आउने निर्णय अनुसार नै अघि बढ्ने बताए ।

संघमा भएको सहमतिको ड्राफ्टअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ। लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३र३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक / एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे