सरकारको त्रुटी औँल्याईदिएर हामीलाई सफल बनाउन सहयोग गर्नुस् : मुख्यमन्त्री महरा



सरकारको त्रुटी औँल्याईदिएर हामीलाई सफल बनाउन सहयोग गर्नुस् : मुख्यमन्त्री महरा

भालुवाङ १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई सफल बनाउन पत्रकारहरुको सकरात्मक खबरदारी आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेपाली सञ्चार माध्यमहरुबाट नागरिकहरुमा आशा जगाउने गरी सञ्चार गर्न आवश्यक रहेको बताएका हुन् ।

मुख्यमन्त्री महराले पत्रकारलाई प्रदेश सरकारको त्रुटि औँल्याएर सरकारलाई सही दिशातर्फ ल्याउन सकरात्मक भूमिका खेल्न आग्रह गरे । उनले सरकारले गर्ने हरेक कामको सञ्चारजगतले सकरात्मक मात्र नभई सरकारलाई काम गर्न बलियो बनाउने हिसाबले समाचार सम्प्रेषण गर्न आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री महराले संघीय लोकतान्त्रिक गणतन्त्रको परिवर्तन ल्याउन नेपाली सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनले प्राप्त उपलब्धिहरुलाई संस्थागत गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

यस्तै मुख्यमन्त्री महराले सरकारले समय तालिका बनाएर नयाँ ढङ्गबाट कामको सुरुवात गरेको जानकारी गराउँदै मुख्यमन्त्री महराले सरकार गठन भएपछि संसद्को विषयगत समितिको नेतृत्व टुङ्ग्याएर प्रदेशसभालाई विजनेश दिन सरकारले विधेयक अघि बढाएको समेत जानकारी दिए । मुख्यमन्त्री महराले कुनैपनि काम सम्भब हुने तवरबाट सुचना प्रवाह गर्नुपर्ने बताउँदै उहाँले तीन तहका सरकारलाई सफल बनाउन पत्रकारको भुमिका अहम रहेको बताए । मुख्यमन्त्री महराले समृद्धि र विकास असम्भब भन्दापनि सम्भब हुने कुरालाई जोड दिँदै पत्रकार लाग्नुपर्नुे समेत बताए ।

“तपाईं हामी लागेपछि न देशको समृद्धि हुने हो, यसमा अझ पत्रकारको बढि भुमिका रहन्छ उनले भने-सम्भबका कुराहरु गर्नुस नकि नेगेटिभ कुरा होईन ।’ उनले बिगतका कुरा स्मरण गर्दै मालिक र रैती भन्दापनि हामी आपसमा साथीभाई रहेको र सोही अनुरुप माया बाड्नुपर्ने बताए । त्यो ब्यबस्थालाई बदलेर स्वतन्त्र नागरिकको पहुँचमा आउनुमा कलमको भुमिका उल्लेखनीय रहेको बताउँदै उनले बन्दुकको लडाई भन्दा कलमको लडाईले देशको व्यवस्था बदलिएको हो, तपाई हामी सबै मिलेर नै व्यवस्था बल्न सफल भएर आज हामी यो अवस्थामा आइपुगेका छौँ, मुख्यमन्त्री महराले भने । उनले भरखरै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पदको जिम्बेवारी पाएका महराले सरकार नयाढँगले बढ्दै गरेको बताउँदै सम्पूर्ण श्रमजिबी पत्रकारहरुलाई मजदुर दिवसको समेत शुभकामना ब्यक्त गरे ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको साधारणसभा तथा अधिबेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थीले नेपाली प्रेसले समाज रुपान्तरणका लागि अतुलनीय भूमिका निर्वाह गरेको र अझ सशक्त भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले पत्रकारितालाई व्यवस्थित, सम्मानित र भरपर्दो बनाउन तर्फ सबै पत्रकारहरुको ध्यान जानुपर्ने सुझाब दिंदै मन्त्री पन्थीले बदलिंदो समयानुकुल प्रबिधिको प्रयोगमा पत्रकारिताको उच्चतम प्रयोग हुन आवश्यक रहेको बताए । उनले अहिले सञ्चारजगत कमजोर भइरहेको अवस्थामा अब नयाँ ढंङ्गबाट बहस चलाउन आवश्यक रहेको समेत बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले अहिले पछिल्लो समय नेपाली पत्रकारितालाई नै सिध्याउने गरी सर्वोच्च अदालत लागेको आरोप लगाए । उनले कुनै एउटा अनलाइनले उठाएको समाचारलाई लिएर सिँङ्गो नेपाली पत्रकारितालाई हतोसाहित बनाउने र प्रेस स्वतन्त्रता समाप्त पार्ने प्रबृतिको शुरुवात अदालतले गरेको भन्दै अब नेपाली प्रेस र अदालत आमाने—समाने हुने अवस्था आउन नदिन अदालत गम्भीर बन्न सुझाब दिए ।

उनले न्यायलयले कुनै धारा समेत कोर्ड नगरी प्रेसलाई नियन्त्रण गर्न खोजे नेपाली प्रेस र न्यायलय आमनेसमाने आउने चेतावनी दिए । उनले कुनै एउटा सञ्चार समाध्यमलाई देखाएर नेपाली प्रेसलाई नै समाप्त गर्न खोज्ने न्यायलयको कार्यप्रति अब नेपाली प्रेस चुप लागेर नबस्ने भन्दै उनले न्यायलयका हरेक कार्यको निगरानी पनि अब नेपाली प्रेसले गर्ने बताए । कार्यक्रमको विशिष्ट अतिथी समेत रहनु भएका बरिष्ठ उपाध्यक्ष बिष्टले पत्रकारले त्रुटितर्फ चाहाना नदिई यथार्थतामा कलम चलाउन सुझाब दिए । उनले पत्रकार शुद्धीकरणको अभियानमा क्रियाशिल पत्रकार बाहिरिनु नपर्ने बताउँदै बिष्टले लगनशिल भएर पत्रकारिता गर्न आग्रह समेत गरे ।

यस्तै कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासनले अहिलेको उपलब्धी रक्षाका लागि सम्पूणर् नेपाली पत्रकारहरु एक ढिक्का हुनुपर्ने बताएका छन् । उनले अहिलेको लोकतान्त्रिक व्यवस्था नचाहने तत्वहरुले असफल बनाउन बिभिन्न माध्यमबाट प्रहार शुरु भएको बताउँदै उनले त्यसको शुरुवात अदालतबाट भएको बताए । उपाध्यक्ष प्रियासनले अहिलेको लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि नेपाली सञ्चारजगत एक ढिक्क हुन आवश्यक रहेको बताए । अहिले नेपाली प्रेसलाई सिध्याउने गरी अदालतबाट त्यसको प्रक्रिया शुरु भएको बताउँदै उनले पत्रकारहरु अब एकआपसमा लडेर नभई एक ढिक्क हुन आवश्यक रहेको तर्क गरे ।

पत्रकार महासंघ प्रदेश उपाध्यक्ष शुक्रऋषी चौँलागाईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेशका सभापती डा. सुदिप गौतम्, प्रेस चौतारीका लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर पन्थी, प्रेस सेन्टरका लुम्बिनी अध्यक्ष मानसिँह बिश्वकर्मा, समाजबादी प्रेस संगठनका प्रदेश अध्यक्ष रिर्दे भुषाल, प्रगतिशिल पत्रकार संघ केन्द्रीय सचिब गोपालप्रसाद भट्टराई, सञ्चार प्रतिष्ठान लुम्बिनीका अध्यक्ष मिलन गाहा, पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी र पत्रकार बसुन्धरा गौतम लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा प्रदेश समितिले विभिन्न जिल्लामा रहेर पत्रकारिता गरिरहेका ४ जना पत्रकार र एक पत्रकार महासंघ जिल्ला शाखालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्रेम केसी (नेपागञ्ज), प्रेम सुनार (गुल्मी), मेनका चौधरी (बर्दिया) र बसुन्धरा गौतम (दाङ) सम्मानित भएका हुन । त्यस्तै प्रदेशका १२ जिल्लामध्ये प्रदेश समितीले पत्रकार महासंघ दाङ शाखा लाई उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको छ । कार्यक्रमको सञ्चालन महासचिब बिक्रम खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे