मृतकका परिवारलाई नियमानुसार क्षतीपुर्ती दिने सहमतीमा अवरुद्ध घोराही- तुलसीपुर सडक सुचारु



मृतकका परिवारलाई नियमानुसार क्षतीपुर्ती दिने सहमतीमा अवरुद्ध घोराही- तुलसीपुर सडक सुचारु

दाङ १७ पुस ।  दाङको तुलसीपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनावग्रस्त बनेको घोराही–तुलसीपुर सडकखण्ड खुलेको छ ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रु बहाक बसले हिजो सोमबार दिउँसो ४ बजेको समयामा ठक्कर दिदा तुलसीपुर १७ का अन्दाजी ५/७ वर्षीय सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछी मृतकका आफन्तले सडक चक्काजाम गर्नुका साथै ठक्कर दिने बस र प्रहरीको गाडी समेत तोडफोड गरेका थिए ।

विद्यार्थीका अभिभावकहरु नाराबाजीसहित विरोध गरेका थिए । मृतक परिवारलाई नियमानुसार क्षतीपुर्ती दिने सहमतीमा गयराती १२ बजेदेखी सडक खुलाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन् । मृतक बालक जनकल्यान मावि दुधरासमा कक्षा ३ मा अध्यनरत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे