लुम्बिनी प्रदेशसभा विषयगत समिति निर्वाचन स्थगित



लुम्बिनी प्रदेशसभा विषयगत समिति निर्वाचन स्थगित

भालुवाङ १५ पुस। लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ । यही १७ गर्ने सभापतिको निर्वाचन विशेष कारण देखाउँदै सभामुख तुलारामको घर्तीको निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् । ६ समितिमा लेखासहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी छ । लामो समयसम्म विषयगत समितिले सभापतिहरूको नेतृत्वमा नपाउँदा धेरै क्षेत्रबाट आलोचना भइरहको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे