राप्ती सामुदायिक वनको मतगणनामा निर्वाचन समितीको दादागिरी, पत्रकारलाई रिपोर्टिङ गर्न प्रतिबन्ध



राप्ती सामुदायिक वनको मतगणनामा निर्वाचन समितीको दादागिरी, पत्रकारलाई रिपोर्टिङ गर्न प्रतिबन्ध

भालुवाङ १४ पुस । दाङ—देउखुरीको राप्ती गाउँपालिका-१, भालुवाङमा रहेको राप्ती सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा निर्बाचन समितीले दादागिरी देखाएको छ । मतदान पछि लगत्तै शुरु भएको मतगणनाको रिपोटिङ्ग गर्न पुगेका पत्रकारहरुलाई रिपोटिङ्ग गर्न प्रतिबन्ध लगाएर निर्वाचन समितीले दादागिरी देखाएको हो ।

निर्वाचन तालिका अनुसार शनिबार बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म नेपाल राष्ट्रिय मावि भालुवाङको प्राग्रणमा मतदानको समय निधारण गरिएको थियो । मतदानको भने निर्वाचन समितीले सहजरूपमा रिपोर्टिङ गर्न दिएको थियो भने मतगणनाको रिपोटिङमा प्रतिबन्ध लगाएको छ ।
मतगणना राप्ती गाउँपालिका वार्ड नम्बर १ को वडा कार्यालयमा अहिले पनि जारी छ । मतगणनाको रिपोटिङ्गका लागि टिभी टुडे तथा बुद्ध आवाज टेलिभिजनका जिल्ला समाचार प्रमुख सन्तोषकुमार गुप्ता सहित देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, एबिसी सञ्चार डटकमका समाचार प्रमुख बिदुर एमसी र जनखोजी डटकमका समाचार प्रमुख सन्तोष थापा लगायतका पत्रकारहरुलाई रिपोटिङ गर्न प्रतिबन्ध लगाएको थियो । मतगणनाको रिपोटिङ्गका लागि मतगणनास्थल पुगेका पत्रकार रिपोटिङ्ग गर्न प्रतिबन्ध लगाएको भन्दै मतगणना रिपोटिङ्गको बहिष्कार गर्दै मतगणना स्थलबाट बाहिरिएका थिए ।

मतगणनाको रिपोटिङ गर्न पुगेका पत्रकारहरुले निर्वाचन समितीले मतगणनाको समान्य फोटो र भिडियो खिच्न समेत प्रतिबन्ध लगाएको छ । निर्वाचन समितीले मतगणनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरी पत्रकारहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि मतगणना रिपोटिङ्गको बहिष्कार गर्दै मतगणना स्थलबाट बाहिरिएका हुन् ।

निर्वाचन समितीले मतगणनास्थलको रिपोटिङ्गको गर्न प्रतिबन्ध लगाइरहँदा निर्वाचन समितीको सदस्य समेत रहनु भएका सञ्चारकर्मी इराधा झाँक्रीमगर र समूहको अध्यक्ष पदका उम्मेदार पत्रकार महेश रिजाल मुखदर्शक भएर बस्नु भयो । अन्य संघसंस्थाको निर्वाचनमा पत्रकारलाई सहज रुपमा रिपोटिङ्ग गर्न पाउनुपर्ने भन्दै चर्को स्वरमा आवाज उठाउने पत्रकार रिजाल र झाँक्रीले सिँङ्गो नेपाली पत्रकारिता र लोकतन्त्रको खिल्ली उडाएको प्रष्ट देखिएको छ ।

गेट बाहिर एक घण्टा सम्म चार जना पत्रकारहरु कुरि रहँदा निर्वाचन समितीकी सदस्य समेत रहनु भएका पत्रकार झाँक्री र अध्यक्ष पदका उम्मेदवार भालुवाङका एक मात्र आफू अब्बल पत्रकारका रुपीमा दाबी गर्ने रिजालको मुखदर्शकले नेपाली पत्रकारिता र सिँङ्गो लोकतन्त्र माथि ठुलो प्रहारका रुपमा लिएको भालुवाङका सामाजिक अगुवाहरुले बताएका छन् ।

जब की संघीय, प्रदेश तथा प्रतिनिधिसभा, प्रदेशसभा सदस्य एवम् स्थानीयतहको निर्वाचनमा समेत पत्रकारहरुलाई निर्वाध रुपमा रिपोटिङ्ग गर्न दिइन्छ । तर एउटा वन समूहको निर्वाचनमा पत्रकारहरुलाई रिपोटिङ्ग गर्न प्रतिबन्ध लगाउनु लोकतन्त्र माथिको प्रहारका रुपमा भएको सामाजिक अगुवाहरुको भनाई छ ।

मतगणनाको रिपोटिङ्गमा प्रतिबन्ध लगाएर निर्वाचन समितीले एक पटक फेरि निकुंश शासनको अनुभूति दिलाएको रिपोटिङ्गमा पुगेका पत्रकारहरुले आरोप लगाएका छन् । लोकतान्त्रिक संविधानबाट निर्वाचित भएर आएका निर्वाचन समितीको संयोजक समेत रहनु भएका वार्ड नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काले मतगणनाको रिपोटिङ्गमा पत्रकारहरुलाई प्रतिबन्ध लगाएर लोकतन्त्र माथि धावा बोलेको प्रष्ट देखिन्छ ।

त्यति मात्र होइन वडा अध्यक्ष खड्काले घुमुरो पारामा लोकतन्त्रलाई नै अस्वीकार गरेको समेत प्रष्ट देखाएको छ । त्यसैगरी निर्वाचन समितीको अन्य सदस्यमा रहनु भएका नेपाल राष्ट्रिय माविका प्रधानध्यापक लोकन्द्र केसी र रामजहदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद श्रेष्ठले पत्रकारहरुलाई रिपोटिङ्गमा प्रतिबन्ध लगाउनमा सहयोग पुर्‍याएको प्रष्ट देखिन्छ । जसले गर्दा सिँगो निर्वाचन समिती नै लोकतान्त्रि विधि माथि नै एक पटक प्रश्न चिन्ह उठाएर शासन माथि नै धावा बोलेको प्रष्ट हुन्छ ।

यता मतगणनास्थलमा पत्रकारहरुलाई प्रबेश नदिएकोमा त्यहाँका उपभोक्ताहरुले दुख व्यक्त गरेका छन् । निर्वाचनको सबै प्रकृयामा सहभागी गराएर अन्तिममा मतगणनास्थलमा प्रबेश नदिनु दुखद बिषय भएको एक मतदाताले आफ्नो नाम नखुलाउने सर्तमा देउखुरी टुडेलाई भने । उनले पत्रकारहरुलाई पबेश नगराएर मत गणनामा धाधली गर्न खोजेको समेत आरोप लगाए ।

उनले लोकतन्त्रमा हरेक नागरिकले पल—पलको सुचना पाउने अधिकार हो । तर यहाँ लोकतन्त्रलाई नै धावा बोल्ने काम भयो । पत्रकारलाई गेट बाहिर रोकेर कस्तो निष्पक्ष र स्वच्छ निर्वाचन गराउन खोजेको हो ? निर्वाचन समितीलाई उनले प्रश्न गरे ।

यस्तै उक्त समूहका उपभोक्ता तथा मतदाताहरुले समेत निर्वाचन समितीको कार्य प्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन समितीले मतपत्र तयार पार्ने देखि मतगणना सम्म सक्षम र योग्य उम्मेदवार हराउने र मतदान देखि मतगणना सम्म धाधली गर्ने व्यवहार देखाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे