देउखुरीको मौरीघाटमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते



देउखुरीको मौरीघाटमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

भालुवाङ १२ पुस । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन् ।

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा बिहिवार बेलुका पौने ५ बजेको समयमा भालुवाङ देखि तुलसीपुर जाँदै गरेको रा ४ प ८६९७ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने गरिरहेकी महिलालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ४०÷४५ वर्षकी टुनी चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइते महिलाको गाला र हातमा चोट लागेको र उपचारका लागि सिसहनियाँ पठाइएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरी चौकी मसुरीयाले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे