लैंगिक हिंसा न्यूनीकरण गर्न शिक्षाको पहुँच बढाउन आवश्यक छ : मन्त्री गुप्ता



लैंगिक हिंसा न्यूनीकरण गर्न शिक्षाको पहुँच बढाउन आवश्यक छ : मन्त्री गुप्ता

भालुवाङ ९ मंसिर । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके)ले लैंगिक हिंसा न्युनीकरण गर्न शिक्षाको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबार देखि लैंगिक हिंसा विरूद्वको १६ दिने अभियानको राप्ती उपत्यका देउखुरी स्थित लुम्बिनी हलमा शुभारम्भ गर्दै मन्त्री गुप्ताले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मन्त्री गुप्ताले दुर्गम तथा पहाडी क्षेत्रमा अझै पनि शिक्षाको अभाव रहेको र त्यही शिक्षाको कमीले हिंसाका घटना बढ्दै गएकोले त्यसको रोकथामका लागि पनि प्रभावकारी शिक्षा दिन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै मन्त्री गुप्ताले तराईका जिल्लामा दाईजो प्रथा तथा पहाडी क्षेत्रमा छाउपरि प्रथा अझै पनि कायमै रहेकोले पनि हिंसाका घटनामा कमी आउन नसकेको बताएका छन् । दाईजो प्रथाले तराईका जिल्लामा छोरी, बुहारीलाई कुटपिट गर्ने, जिउँदो जलाउन जस्ता घटना अझै पनि नरोकिएकोले त्यस्ता घटना रोकथाम गर्न प्रदेश सरकार लागिरहेको बताएका छन् ।सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रमुख सचिव राधिका अर्याल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आज देखि आउँदो २४ गते सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर कार्यक्रम सुरू भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे