राप्तीमा श्रमदान मार्फत विरुवाकाे संरक्षण गरिदै



राप्तीमा श्रमदान मार्फत विरुवाकाे संरक्षण गरिदै

देउखुरी १६ कार्तिक । राप्ती गाउँपालिका दाङले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा राेपेका विरुवाहरुकाे श्रमदान मार्फत संरक्षणको काम थालेको छ।

गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत साेमबार देखि वडा नं.८ काे शंकर सामुदायिक वन क्षेत्रमा लगाइएको फलफूलका विरुवाकाे वरपरका झाडी सफाई तथा गाेड मेल गरि संरक्षणको काम गरिरहेको छ।

वृक्षरोपण गरेर मात्रै नहुने भन्दै राेपिएका विरुवाहरुकाे संरक्षण गर्न थालिएको हाे। समाजसेवी व्यक्तिहरुकाे सहभागीतामा दैनिक बिहान ६ बजे देखि ८ बजे सम्म करिब २ घण्टा श्रमदानबाट साे काम भई रहेको छ। पालिकाका अध्यक्ष प्रकाश विष्टले बाटाेमा भन्दा माटाेमा पसिना बगाउन युवाहरूलाई आग्रह गरेका छन् ।

“हामीहरुले दैनिक माेर्निङ्ग वाक गरेर बाटाेमा पसिना बगाई रहेका हुन्छौं ” – अध्यक्ष विष्टले भने -” त्यो भन्दा श्रमदानमा जाेडिएर माटाेमा पसिना बगाऔं ,त्यसले श्रम गर्ने संस्कृतिको विकास सँगै देशकाे पनि विकास हुन्छ।” आजकाल दैनिक बिहान करिब ५ बजे उठ्ने र पैदल साे क्षेत्र सम्म पुगेर विरुवाहरुकाे संरक्षणका लागि झाडी सफाई तथा गाेड मेल गर्ने गरेको अध्यक्ष विष्टले बताए ।

खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मा निर्भर बनाउने लक्ष्य पालिकाले लिएको छ।उक्त वन क्षेत्र सँगै अन्य विभिन्न स्थानमा गरि पालिकाले यस वर्ष मात्रै करिब ३५ सय फलफुल प्रजातिका विरुवाहरु राेपेकाे छ। यस बाट स्थानीय स्तरमै राेजगारीकाे सिर्जना गरी युवाहरूलाई स्वदेशमै राेजगारी प्रदान गर्ने उदेश्य पालिकाकाे रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे