दाङमा कार्तिक १६ गते देखि सरकारी कार्यालय विहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने



दाङमा कार्तिक १६ गते देखि सरकारी कार्यालय विहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने

दाङ १५ कार्तिक । दाङ सहित देशभर बिहीबारदेखि सरकारी कार्यालयहरु ४ बजे बन्द हुने भएका छन् ।

यस अघि बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालयहरु खुल्ने गरेका थिए । जाडो समयमा दिन छोटो हुने भएकाले राजपत्रमा प्रकाशित सूचना अनुसार हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको दाङका प्रमुख रामबन्दु सुवेदीले जानकारी दिए ।कात्तिक १६ गतेदेखि माघ १५ गते सम्म देशभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने छन् । शुक्रबारको हकमा भने ३ बजे कार्यालय बन्द हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे