गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मालाई स्वागत
गढवा २४ असोज । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आएका अमरराज शर्मा लाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी लगाएतकाले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई फुलमालाले स्वागत गरेका हुन् । नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा जिल्ला प्रशासन कार्यालय घोराही दाङबाट सरुवा भई गढवा गाउँपालिकामा आएका हुन् । अमरराज शर्माले गढवा गाउँपालिकाको पांचौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गरेका छन् भने यस भन्दा पहिले ऋषि राम केसी, नोखिराम ओली, लाल बहादुर योगी र आशिष चौधरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा गढवा गाउँपालिकाकामा काम गरिसकेका छन् भने नेव बहादुर वली कार्यकारी अधिकृत र बुद्धिमा चौधरी निमित्त कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।
स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सबैको साथ सहयोगले समग्र गढवा गाउँपालिकाको बिकाशमा सहयोग पुग्ने बताए । गढवा गाउँपालिकालाई नमुना गढवा गाउँपालिका बनाउन जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत शाखाका प्रमुखहरु,कर्मचारी, पत्रकार लगाएतकाको साथ सहयोग र सुझावले पालिका समृद्ध गढवा गाउँपालिका बन्ने बताए । साथै नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा सफल कार्यकालको शुभकामना समेत दिए । त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा लाई स्वागत गर्दै कर्मचारी र जनप्रतिनिधि बिचको समन्वयकारी भुमिका निर्वाह गर्न सके पालीकाको बिकाश सम्भव हुने बताए । गढवा गाउँपालिकामा सम्भावना र चुनौतीको सामना गर्नुपर्ने बताउँदै समग्र गढवा गाउँपालिकाको बिकाशको लागि अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरुको समन्वय आवश्यक रहेको बताए ।
त्यसैगरी स्वागत कार्यक्रममा आफ्नो बिचार राख्दै नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले आफ्नो निजामति सेवाको २५ बर्षको अनुभव रहेको बताउँदै सम्पूर्ण जनप्रतिनिधि कर्मचारी सबैको साथ सहयोग र समन्वयले अघि बढ्ने बताए । पालिकाको कार्य सम्पादन राम्रो हुन टिम वर्कमा काम गर्नु पर्ने बताउँदै जनप्रतिनिधिले मात्रै हुन नसक्ने बताए । गढवा गाउँपालिका राम्रो बनाउने वा आजकै अवस्थामा छोड्ने जनप्रतिनिधि, शाखा प्रमुखहरू र सम्पूर्ण कर्मचारीहरुको हातमा रहेको बताए । आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो। कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।
