लुम्बिनीमा सरकार गठन भएको एक सय दिन पुरा, ७२ प्रतिशत बित्तिय प्रगति भएको दाबी



लुम्बिनीमा सरकार गठन भएको एक सय दिन पुरा, ७२ प्रतिशत बित्तिय प्रगति भएको दाबी

भालुवाङ २१ साउन । लुम्बिनी प्रदेश सरकारले गठन भएको एक सय दिन पुरा भएको छ । सरकार गठनको सय दिनको अवसरमा प्रदेश सरकारले आज आइतबार पत्रकार सम्मेलन गरी एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले एक सय दिनको अबधिमा ७२ प्रतिशत बित्तिय प्रगति भएको दाबी गरेको छ । त्यस्तै सरकारले सय दिनको अबधीमा भौतिक प्रगति तर्फ १ सय ७५ कि.मी.सडक कालोपत्रे, ग्राभेल कच्ची सड़क १ सय ५० कि.मी., १० कि.मी. नयाँ सडक विस्तार, कल्भर्ट/कजवे १ सय १२ कि.मी., ४ सय ३५ वटा पक्की नाली निर्माण, ढलान सडक १ सय २४ कि.मी. र १४ कि.मी. सडक पुल सम्पन्न भएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

त्यस्तै सय दिन कै अबधीमा झोलुङ्गे पुल १५ वटा निर्माण सम्पन्न भएको, त्यस्तै भौतिक प्रगति सिंचाई तर्फ १० वटा बाँध/मुहान निर्माण, पक्की नहर ७६ किमी, लिफ्ट सिचाई ६ वटा र नदी नियन्त्रण १३ किलोमिटर काम सम्पन्न भएको सरकारका प्रबक्ता तथा गृहमन्त्रीले पाण्डेले बताए ।

त्यस्तै सय दिन कै अबधिमा सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ल्याण्ड पुलिङ सम्बन्धमा कित्ताकाट नगरी ससिम जग्गा खोज्न पेश भएको प्रतिवेदन अनुसार सरकारले पहलकदमी लिएको, सडक तथा सडक पुलका विभिन्न १५ वटा आयोजनाहरुको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भई खरिद प्रक्रिया अगाडी बढाईएको ८ स्यालो ट्युबवेल क्लस्टर कार्यक्रम मार्फत थप १२०० हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याइने नीतिगत व्यवस्था मिलाइएको सरकारले दाबी गरको छ ।

त्यस्तै सरकारका प्रबक्ता तथा गृहमन्त्रीले पाण्डेले प्रस्तुत गर्नु भएको एक सय दिनको उपलब्धी प्रतिवेदनमा लम्पी स्किन रोगको रोकथामका लागि स्थानीय तह समेतको सहकार्यमा हालसम्म ४४ हजार पशुहरुमा खोप र १ लाख १६ हजार पशुहरुको उपचार गरिएको तथा थप १ लाख ५० हजारलाई खोप र ६५ हजारलाई उपचार गर्ने व्यवस्था मिलाइएको, संघीय सरकारबाट प्राप्त हुने अनुदानको रासायनिक मललाई समयमै कृषकहरु माझ पुर्याउन प्रदेश तहबाट वितरण प्रकृयालाई सरलीकृत गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा संघीय सशर्त कार्यक्रम तर्फको आर्थिक दायित्व श्रृजना भई कृषकहरुलाई भुक्तानी दिन बाँकी रहेको रकम प्रदेश श्रोतबाटै रु. १ करोड ९५ लाख ९९ हजार भुक्तानी गरिएको, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि स्थानीय तह (बुटवल उ.म.न.पा, राप्ती गाउँपालिका, सरावल गाउँपालिका) लाई प्राविधिक सहयोग गरिएको, ठूला उद्योगले सृजना गरेको रोजगारीको अवस्था विश्लेषण गरी प्रतिवेदन तयार भएको र प्रदेश योजना अनुगमन प्रणालीको सफ्टवेयर तयार भएको उल्लेख गरिएको छ ।

वैशाख १४ गते प्रदेश सभामा रहेका १० मध्ये ८ दलको सहभागितामा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका थिए । ८७ सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, नेकपा एस, जनमोर्चा र स्वतन्त्र सांसद गरी ५३ जनाको समर्थन रहेको छ । नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री चौधरीले गठबन्धन र खास गरी पार्टीभित्रको विवाद मिलाउन नसकेका कारण अहिलेसम्म सरकारलाई पूणर्ता दिन सकेका छैनन् । अहिलेसम्म ७ जनाको मन्त्रिपरिषद् रहेको छ ।

याे हेर्नुस्,  सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रस्तुत गर्नु भएकाे एक सय दिनकाे प्रगति प्रतिवेदनकाे पूर्णपाठ…

लुम्बिनी प्रदेश सरकार

२०८० श्रावण २१

माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यूको नेतृत्वमा मिति 2080/01/15 मा गठन भएको प्रदेश सरकारबाट एक सय (१००) दिनभित्र गरिएका मुख्य कार्य तथा आगामी दिनका सोंच र नीतिगत व्यवस्था

  • आ. व. 2080/081 को नीति तथा कार्यक्रम र  रु. 40 अर्ब 47 करोड ९७ लाखको बजेट प्रदेश सभाबाट स्वीकृत भई कार्यान्वयनमा रहेको,
  • प्रदेश स्थापना पछि पहिलो पटक आ.व. २०७९/८० को आर्थिक सर्वेक्षण प्रकाशन गरिएको,
  • प्रदेशको दीर्घकालीन सोंच सहितका Summit on Laureates & Leader for Children: Development & Peace, 2024 फेब्रुअरिमा आयोजना गर्न कार्यक्रमहरु प्रारम्भ गरिएको,
  • प्रदेश निजामती सेवा विधेयक प्रदेश सभामा प्रस्तुत गरिएको,
  • प्रदेश राजधानी परिसर दाङमा निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ वटा मन्त्रालयको बार्षिक लक्ष्यको शत प्रतिशत प्रगति भई प्रथम तल्ला ढलान भईरहेको,
  • राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरलाई 200 शैय्यामा स्तरोन्नति गरी चौबिसै घण्टा डाइलासिस सेवा शुरुवात गरिएको,
  • वस्ती विकास कार्यक्रम अन्तर्गत ३२ कि. मी. ढल निर्माण, ७.४ कि मी ग्रावेल सडक, ४.३ कि. मी. पीच सडक, ५११२ मी. पि. सि. सि. सडक, १९०४ मी. फुटपाथ र ६७७ मी. रिटेनिङ वाल र एउटा पार्क निर्माण कार्य सम्पन्न भएको,
  • जनता आवास कार्यक्रम अन्तर्गत शौचालय सहितका थप ४२० वटा निजी आवास निर्माण सम्पन्न भई विपन्न परिवारको बसोबास शुरु भएको,
  • प्रदेशमा सञ्चालित विभिन्न खानेपानी आयोजनाहरु मध्ये साना ठूला गरी १३१ वटा खानेपानी आयोजना पूर्ण रुपमा सम्पन्न भएका,
  • विपद पिडीत 66 संख्यालार्इ रु 2,620,000।- बराबर राहत वितरण र पुनर्निमाण तर्फ रु 52,05,000।– रकम प्रदान गरिएको,
  • लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा गर्दै दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा तर्जुमा अन्तिम चरणमा रहेको,
  • प्रथम आवधिक योजना र वार्षिक विकास कार्यक्रमबीच तादम्यता कायम गर्न एवं वित्तीय सुशासन प्रवर्द्धन गर्न मध्यमकालीन खर्च संरचना (२०८०/०८१-२०८२/०८३) तर्जुमा गरी प्रकाशन गरिएको,
  • प्रदेश स्थापना पश्चात गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक र मुख्यमन्त्री सम्मेलनमा सहभागिता,
  • आ.व. 2079/080 को प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक (PMDAC) तथा बार्षिक प्रगति समीक्षा सम्पन्न भएको जसमा सरकारको समग्र वित्तीय प्रगति ७२% रहेको,
  • माननीय अर्थमन्त्रीज्यूको संयोजकत्वमा ल्याण्ड पुलिङ सम्बन्धमा कित्ताकाट नगरी ससिम जग्गा खोल्न पेश भएको प्रतिवेदन अनुसार सरकारले पहलकदमी लिएको,
  • भौतिक प्रगति सडक तर्फः

कालोपत्रे सडक                                –         १७५ कि.मी.

ग्राभेल सडक                                   –           १५० कि.मी.

कच्ची सडक                                   –           १० कि.मी.

सडक विस्तार                                 –           ११२ कि.मी.

कल्भर्ट/कजवे                                 –           ४३५ वटा

पक्की नाली निर्माण                              –     १२४ कि.मी.

ढलान सडक                                    –           १४ कि.मी.

सम्पन्न सडक पुल                    –                  १५ वटा

सम्पन्न झो.पु.                                 –           ५ वटा

  • भौतिक प्रगति सिंचाई तर्फः

बाँध/ मुहान निर्माण             –     १० वटा

पक्कि नहर                         –        ७६ कि.मी.

लिफ्ट सिंचाई                      –         ६ वटा

डीप ट्युब वेल                     –          १८ वटा

पम्प हाउस                         –           १५ वटा

स्यालो ट्युब वेल                 –           १५ वटा

पाइप लाइनिंग                    –           ८१ कि.मी.

नदी नियन्त्रण                     –             १३ कि.मी.

  • सडक तथा सडक पुलका विभिन्न १५ वटा आयोजनाहरुको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भई खरिद प्रक्रिया अगाडी बढाईएको,
  • स्यालो ट्युबवेल क्लस्टर कार्यक्रम मार्फत थप १२०० हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याइने नीतिगत व्यवस्था मिलाइएको,
  • लम्पी स्किन रोगको रोकथामका लागि स्थानीय तह समेतको सहकार्यमा हालसम्म ४4 हजार पशुहरुमा खोप र १ लाख १६ हजार पशुहरुको उपचार गरिएको तथा थप १ लाख ५० हजारलाई खोप र ६५ हजारलाई उपचार गर्ने व्यवस्था मिलाइएको,
  • “लुम्बिनीको चाहना: हरित वस्तीको कामना” कार्यक्रम मार्फत रुपन्देही, बाँके र दाङ्ग जिल्लाका शहरी सडकहरुको कुल 4756 मिटर सडक सौन्दर्यीकरण गरिएको,
  • नेपाल सरकारवाट प्राप्त विश्व बैंकको सहयोगमा “समृद्धिका लागि वन कार्यक्रम” कार्यान्वयनमा रहेको ।साथै पूर्व-पश्चिम लोकमार्ग हरित उत्थानशील परियोजना (Accelerating Nepal’s Regional Transport and Trade Connectivity- ACCESS) को शुभारम्भ भएको,
  • संघीय सरकारबाट प्राप्त हुने अनुदानको रासायनिक मललाई समयमै कृषकहरु माझ पुर्याउन प्रदेश तहबाट वितरण प्रकृयालाई सरलीकृत गरिएको,
  • आर्थिक वर्ष २०७८/०७९ मा संघीय सशर्त कार्यक्रम तर्फको आर्थिक दायित्व श्रृजना भई कृषकहरुलाई भुक्तानी दिन बाँकी रहेको रकम प्रदेश श्रोतबाटै रु. 1 करोड ९५ लाख ९९ हजार भुक्तानी गरिएको,
  • भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि स्थानीय तह (बुटवल उ.म.न.पा., राप्ती गाउँपालिका, सरावल गाउँपालिका) लाई प्राविधिक सहयोग गरिएको,
  • ठूला उद्योगले सृजना गरेको रोजगारीको अवस्था विश्लेषण गरी प्रतिवेदन तयार भएको,
  • लुम्बिनी देखि मुस्ताङ सम्म बहुआयामिक पर्यटन विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको,
  • प्रदेश योजना अनुगमन प्रणालीको सफ्टवेयर तयार भएको,
  • 32 वटा बहुवर्षीय आयोजना तथा कार्यक्रम स्रोत सुनिश्चिताको लागि सम्बन्धित मन्त्रालयलाई सहमति प्रदान गरिएको,
  • प्रदेश योजना आयोगमा तथ्याङ्क इकाई स्थापना गर्ने कार्यको प्रारम्भिक अध्ययन भइरहेको,
  • २ वटा सरकारी कार्यालय भवन निर्माण तथा १६ वटा सरकारी भवनहरुको मर्मत कार्य सम्पन्न भएको,
  • प्रदेशका विभिन्न ६ थप स्थानहरुमा वाटर एटिएम जडान गरी संचालन गरिएको,
  • रिडीखोला नियन्त्रण आयोजना अन्तर्गत कालिगण्डकी र रिडिखोला संरक्षणको लागि थप ३५९ मी. RCC टेवा पर्खाल निर्माण कार्य  भएको,
  • प्रदेश राजधानी परिसरको खानेपानी व्यवस्थापनको लागि निर्माणाधीन खानेपानी आयोजना अन्तर्गत ओभरहेड टंकी को निर्माण करिब ५० % सम्पन्न भएको,
  • लुम्बिनी प्रदेशको विपद् व्यवस्थापन सम्बन्धि खानेपानी तथा सरसफाई तथा स्वच्छता क्षेत्रको भैपरी योजना (WASH Contingency Plan ) अध्यावधिक गरिएको,
  • रुपन्देही सैनामैना न.पा. स्थित रिफ्रेश सेन्टर/स्मार्ट शौचालयको प्रथम चरणको निर्माण कार्य सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरणको चरणमा रहेको,
  • १००८ आयोजनाहरुको कार्य सम्पन्न पश्चात अन्तिम किस्ता रकम भुक्तानी गरिएको,
  • गणित, विज्ञान विषयको नतिजा सुधारका लागि ७६५ शिक्षकलाई तालिम तथा ३२६ व्यवस्थापन समितिका पदाधिकारीसँग अन्तरक्रिया सम्पन्न,
  • कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत ५७ वटा सामुदायिक विद्यालयका २१९१ जना छात्राहरुलाई रु. २,२४,९०,६१५ रकम छात्रवृत्ति उपलब्ध गराइएको,
  • कक्षा ११ र १२ मा अध्ययनरत १७७ वटा सामुदायिक विद्यालयका २९७० जना मुक्त कमैया, कम्लहरी, मुस्लिम र दलित समुदायका छात्राहरुलाई रु. १,७९,९८,२०० रकम छात्रवृत्ति उपलब्ध गराइएको,
  • उच्च शिक्षा छात्रवृत्ती अन्तर्गत ७१ वटा सामुदायिक क्याम्पसमा अध्ययनरत २००० जना विपन्न विद्यार्थीलाई रु. १ करोड रकम छात्रवृत्ति वितरण गरिएको,
  • विज्ञान विषयमा ६ वटा क्याम्पसका उच्च शिक्षा अध्ययनरत ९०९ जना छात्राहरुलाई रु. ८९,९९,१०० रकम छात्रवृत्ति उपलब्ध गराइएको,
  • उच्च शिक्षा अध्ययनरत २४ क्याम्पसका १९४ जना मुक्त कमैया, कम्लहरी, मुस्लिम र सिमान्तकृत छात्राहरुलाई रु. १४,४३,००० रकम छात्रवृत्ति उपलब्ध गराइएको,
  • प्रदेशस्तरीय रग्वी खेल प्रतियोगिता सञ्चालन भएको,
  • १५० जना किशोरीहरुलाई आत्मरक्षा तालिमको सञ्चालन निरन्तरता र समापन भएको,
  • नेपाल व्यासायिक योग्यता प्रणालीका ४ वटा क्षमता विकास तालिम सञ्चालन भएको,
  • औद्योगिक प्रशिक्षणका ३७५ जना सहभागीतामा उद्योग प्रतिष्ठानमा एप्रेन्टेसिप सञ्चालन निरन्तरता दिइएको,
  • पठन संस्कृतिको विकासका लागि पुस्तकालय मार्फत ३ प्रतियोगिता तथा ४ अन्तरक्रिया सञ्चालन गरिएको,
  • पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड, 2080, आयुर्वेद कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, 2080, भान्साघर (खानपीन) सुधार कार्यक्रम निर्देशिका, 2080 र स्वस्थ जीवनशैली प्रशिक्षक प्रशिक्षण तालिम म्यानुअल स्वीकृत गरी कार्यान्वयन गरिएको,
  • प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन हस्तान्तरण भई स्वामित्व ग्रहण भएको,
  • स्वास्थ्य तालिम केन्द्रबाट ग्रामिण अल्ट्रा साउण्ड तालिम, चिकित्सकका लागि मेडिकोलिगल तालिम, औषधीद्वारा गराईने सुरक्षित गर्भपतन सेवा प्रदान गर्न सूचिकृत गरिएका साईटका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको,
  • दाङ र नवलपरासी पश्चिमका सबै क्षयरोग उपचार केन्द्रमा क्षयरोगीको अभिलेख तथा प्रतिवेदन प्रणाली कम्प्युटर प्रणालीमा आबद्ध गरिएको,
  • प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नवनियुक्त सहायकस्तरका कर्मचारीहरुको लागि सेवा प्रवेशको अवसरमा छोटो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको,
  • यातायात क्षेत्रको सुधारका लागि सवारी जाँचपास र रुट व्यवस्थापनका लागि कानुनी र राजस्वका क्षेत्रमा आवश्यक सहजीकरण गरिएको,
  • जिल्लास्तरीय सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम रोल्पा, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा सञ्चालन गरिएको,
  • मा. मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सुरक्षा समितिका सदस्य, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागितामा सुरक्षा बैठक सञ्चालन भएको,
  • प्यूठान र कपिलवस्तु जिल्लामा स्थानीय तहका न्यायिक समितिहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको,
  • प्यूठान जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको,
  • दाङ्ग जिल्लामा प्रदेशमा रहेका मन्त्रालय तथा आयोगका कर्मचारीका लागि राजपत्र सम्पादन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन भएको,
  • रुकुम पूर्व, रोल्पा, दाङ्ग, नवलपरासी, रुपन्देही जिल्लामा लुम्बिनी प्रदेश प्रहरी नियमावली तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया सञ्चालन गरी सुझाव संकलन गरिएको,
  • रेडियो बंगलाचुलीलाई नियमित प्रशारण अनुमति दिइएको,
  • विपद् व्यवस्थापनका लागि रु. ८६ लाखको आवश्यक सामग्री खरिद भएको,
  • पाल्पा र गुल्मी जिल्लाका केही स्थानीय तहमा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन गरिएको,
  • प्रदेश मन्त्रालयका विपद फोकल पर्सनलार्इ विपद पोर्टल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको,

v  मन्त्रालयको संयोजनमा सुपर प्रोजेक्ट तर्फबाट प्रादेशिक आकस्मिक स्वास्थ्य योजना तर्जुमा कार्यशाला, Program of Concept note on inter- municipal coordination mechanism for resource pooling, विपद पोर्टल सम्बन्धी तालिम, कृतिम अभ्यास (Tabletop Exercise), संरक्षण कलस्टरको कार्यशाला गोष्ठी सम्पन्न भएको,

  • राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थासँग प्रदेशमा लगानी तथा आर्थिक विकास सम्बन्धी समन्वय बैठक गरिएको,
  • प्रदेश निर्देशनालय तथा अन्य निकायको आवश्यकता र सान्दर्भिकताको सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न विज्ञ समिति निर्माण गरिएको,
  • सूचना प्रविधिमा आधारित Office Automation System प्रदेशका सबै मन्त्रालयमा 2080 श्रावण 15 देखि कार्यान्वयनमा ल्याइएको,
  • आ.व. २०८०।०८१ को वार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना स्वीकृत गरिएको ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे