बाढी पहिरो (अपडेट) : ६ जनाकाे ज्यान गयाे, २९ जना बेपत्ता



बाढी पहिरो (अपडेट) : ६ जनाकाे ज्यान गयाे, २९ जना बेपत्ता

काठमाण्डाै ४ असार । अविरल वर्षाका कारण जेठ ३१ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिराेमा परेर  साेमवार दिउँसाे सम्म ६ जनाको ज्यान गएकाे छ । बाढी र पहिराेमा परेर सङ्खुवासभामा १, ताप्लेजुङमा ३, पाँचथरमा १ र नुवाकोटमा १ गरी ६ जनाको ज्यान गएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा ५ जना पुरुष र १ जना बालिका रहेका छन् ।

बाढी र पहिराेमा परेर सङ्खुवासभामा ३, ताप्लेजुङमा २ र पाँचथरमा १ गरी ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी र पहिराेमा परेर सङ्खुवासभामा २१, ताप्लेजुङमा ३ र पाँचथरमा ५ गरी २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताए । बेपत्ताको खोजी भइरहेको पनि उनले बताए ।

बाढी र पहिराेका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपाया मरेका छन् । यस अवधिमा विपद्का घटनाबाट ९७ परिवार विस्थापित भएका छन् । साथै बाढी र पहिराेको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राख्ने, बाटाेकाे अवराेध हटाउनेलगायतका काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे