राजधानीको ‘गुण’ भोटमा बदल्दै देउखुरीका मतदाता, एमालेको पक्षमा बन्दै माहोल



राजधानीको ‘गुण’ भोटमा बदल्दै देउखुरीका मतदाता, एमालेको पक्षमा बन्दै माहोल

देउखुरी ५ कात्तिक । नेकपा एमालेका उम्मेदवार आफ्ना एजेण्डा लिएर मतदाताको घरमा पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, प्रदेश सभा सदस्य १(१) का उम्मेदवार गंगाराम भट्टराई र प्रदेश सभा सदस्य १(२)का उम्मेदवार कुलबहादुर केसी मतदाता भेट्न गाउँ पसेका हुन्।

मतदाताको रोजाइमा एमालेको उम्मेदवार परेका छन् । जेष्ठ मतदाताको आर्शिवाद र युवा मतदाताको साथ लिएर घर घरमा पुग्ने काम भइरहेको नेकपा एमाले क्षेत्र नम्बर १ निर्देशक कमिटीका संयोजक रेवतीरमण शर्माले जानकारी दिए । ‘पार्टीले बनाएको योजनाको आधारमा मतदाता भेटघाट गर्ने काम भइरहेको छ’उनले भने–‘यो अभियान निरन्तर चलिरहन्छ ।’

एमाले सरकारको पालामा प्रदेशको स्थायी राजधानी देउखुरी तोकिनुनै यहाँको विकास र समृद्धिको जग बसाउने काम भएको छ । सडक पूर्वाधार, राप्ती नदीमा पक्कि पुल, हुलाकी सडक, ट्रमा सेन्टर लगायत ठूला आयोजनानै यहाँको विकासको जग बनेका हुन ।

अवको एजेण्डा रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, कृषि, पशु पालन लगायत हुन् । एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा राजधानी तोकिनुनै यहाँको विकासको लग बसाल्ने कार्य भएको भन्दै देउखुरीका मतदाताले भोट मार्फत धन्यवाद ज्ञापन गर्ने योजनामा छन् । ‘कसैले गर्न नसक्ने आँट मुख्यमन्त्री शंकर पोखेरेलले गर्नुभयो । हाम्रो देउखुरीमा राजधानी बस्यो’गढवाको पर्सीया निवासी ध्रुब बुढाथोकीले भने–‘राजधानीका कारण यहाँको मुहार फेरिने निश्चित छ ।’

वर्तमान सरकारले राजधानी कार्यान्वयमा उदासिन छ । एमालेको नेतृत्वमा बन्ने सरकारले राजधानीको पूर्ण कार्यान्वयन गर्न सक्ने भएकाले मतदातको रोजाइएमा एमालेका उम्मेदवार पर्न थालेका हुन । शनिबार क्षेत्र नं। १ अन्तरगत दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रचारप्रसारको कार्यक्रम भइरहेको छ । वडा कमिटी, टोल कमिटी प्रचारप्रचासरमा परिचातित छन् भने उम्मेदवारहरु पनि जनभेटघाटमा व्यस्त छन् ।

No description available.यसैगरी लमही नगरपालिका वडा नं. ७ मा वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटी सदस्य नारायण डिसी (छम्पाली) लगायतको उपस्तिथिमा कार्यालयको स्थापना गरिएको हो ।

क्षेत्र नं. १ अन्तरगत लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नं. १, २, ३ र ५ पर्छन । यी क्षेत्रमा एमालेले प्रचारप्रसार व्यापक बनाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे