ड्याममा डुबेर घोराही एक जना बेपत्ता



ड्याममा डुबेर घोराही एक जना बेपत्ता

भदौ ६  घोराही – दाङमा एक जना डुबेर बेपत्ता भएका छन् । आज बिहान ११ बजे कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।

डुबेर बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाही निवासी ४० वर्षीय अम्मर चौधरी रहेको प्रहरीले जनाएको छ । स्थानियले डुबेको भन्ने थाहा पाएपछि दिउँसो १२ बजे प्रहरीलाई खबर गरेको डिएसपी गौतमले जानकारी दिए । वेपत्ता भएका चौधरीको खोजीकार्य भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे