रेडक्रसले रक्तदान र सम्मान कार्यक्रम गरेर मनायो ५६ औं रक्त सञ्चार दिवस



रेडक्रसले रक्तदान र सम्मान कार्यक्रम गरेर मनायो ५६ औं रक्त सञ्चार दिवस

लमही १२ साउन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले बिहिवार दाङमा ५६ औं रक्त सञ्चार दिवस मनाईएको छ । दिवस मनाउन खुला रक्तदान शिविर समेत आयोजना गरिएको थियो । जहाँ स्वस्फुर्त रक्तदान गर्नेहरुको कमि थिएन । रक्तदान गर्ने काममा सुरक्षाकर्मी धेरै देखिन्थे । यसरी रक्तदान गर्ने काममा उत्साहित गर्ने उद्देश्यले संस्थागत रक्तदातालाई सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले जिल्लाका तीन स्थानमा कार्यक्रम गरेर रक्तदातालाई सम्मान गरेको हो । जस अन्तरगत लमहीमा भएको कार्यक्रममा २९ जना संस्थागत रक्तदातालाई सम्मान गरिएको छ ।

रेडक्रसका जिल्ला उपसभापती मदन गौतमको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मानवीय सेवाको लागी सबैको साथ सहोगको आवश्यक पर्ने बताएका छन ।‘मानवको जीवन बचाउने काम हो । यो एउटा महा अभियान हो’उनले भने–‘बिरामीलाई रगत चाहिएको बेला पाउनुपर्छ । त्यसका लागी स्वस्थ मानिसले रक्तदान गर्नुपर्छ ।’

रक्तदान गर्ने संस्कृती बजार केन्द्रीत छ । यो संस्कृतीलाई गाउँ केन्द्रित बनाउनुपर्ने र त्यसबाट रक्तदान गर्ने दाताको संख्या पनि बढ्ने रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले बताए । लमहीमा २०७८ फागुन ४ गते रक्त सञ्चार केन्द्र स्थापना भएको हो ।

देउखुरीका चार वटा स्थानीय तहको संयुक्त लगानीमा लमही नगरपालिकाले निर्माण गरेको भवनबाट यो सेवा सञ्चालीत छ । आर्थिक बर्ष २०७८÷०७९ मा ९ सय ८७ पोईन्ट रगत संकलन भएको छ । यहाँ बाट एक हजार ६४ पोईन्ट रगत वितरण भएको छ । ७७ पोईन्ट रगत घोराहीबाट माग गरेर बिरामीलाई उपलब्ध गराइएको छ ।

आवश्यकता अनुसार रगत पु¥याउन कठिन देखिएको छ । जसले गर्दा रक्तदान अभियानलाई अझैं व्यापक र संस्थागत बनाउन आवश्यक रहेको रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले बताए । ‘डायलाईसिस गर्दा रगत चाहिने ।

सुरुका दिनमा त बुटवलबाट रगत ल्याएर उपचार गर्नुप¥यो । रक्त सञ्चार केन्द्र भएपछी अहिले बिरामीलाई सहज रुपमा रगत पुगेको छ’आचार्यले भने–‘रक्तदान गर्ने संस्कृतीलाई अझैं बढाउलै लग्नुपर्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे