दाङमा ६७ वर्षिया वृद्धा बलात्कृत, एक जना पक्राउ



दाङमा ६७ वर्षिया वृद्धा बलात्कृत, एक जना पक्राउ

लमही १२ साउन । दाङको लमही नगरपालिका – ६ मध्यनगर निवासी ६७ वर्षिया वृद्धा घरमा एक्लै भएको अवस्थामा पटक पटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमही नगरपालिका – ६ मध्यनगर निवासी २९ वर्षिय बल बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

वृद्धाले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई पहिचान गर्न नसक्दा घटना बाहिरीन ढिला भएको हो परिवारलाई उद्धत गर्दै प्रहरीले बताएको छ । आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति साउन २ गते राती ९ बजेतिर वृद्धाले पहिचान गरेपछि प्रहरीकोमा उजूरी दिएको उनको पारिवारीक स्रोतले बताएको छ ।

परिवारले बुधबारमात्रै प्रहरीमा उजुरी दिएको थियो । वृद्धाको अवस्था भने अहिले सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ । साथै जबरजस्ती करणी गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे