एमाले दाङले थाल्याे पालिका स्तरमा प्रशिक्षण अभियान



एमाले दाङले थाल्याे पालिका स्तरमा प्रशिक्षण अभियान
दाङ ७ साउन । नेकपा एमाले दाङले पार्टी प्रशिक्षण अभियान सुरु गरेकाे छ । दाङका दश स्थानीय तहमा पार्टी प्रशिक्षण अभियान सुरु गरेकाे हाे । कार्यकर्तालाई दर्शन, सिद्धान्त, संगठन र जीवन शैली, जनता संग जनप्रतिनिधिकाे सम्बन्ध लगायतकाे बारेमा प्रशिक्षित गर्ने उदेश्यले प्रशिक्षण अभियान थालिएको जिल्ला सचिव मनाेहर बुढाथोकीले जानकारी दिएका छन् ।
प्रशिक्षणकाे उद्घाटन राप्ती गाउँपालिकाबाट भएको छ । साउन ६ र ७ गते दुई दिन राप्ती गाउँपालिकामा प्रशिक्षण गरिने छ । साउन ८ र ९ गते गढवा, १० र ११ गते लमही नगरपालिका र बबई गाउँपनलिकामा, १२ र १३ गते राजपुर गाउँपालिका र दंगिशरण गाउँपालिकामा प्रशिक्षण अायाेजना गर्ने तयारी छ । साउन १४ र १५ गते शान्तिनगर र बंगलाचुलीमा, १६ र १७ गते घाेराही उपमहानगरपालिका, १८ र १९ गते तुलसीपुर उपमहानगरपालिकामा प्रशिक्षण अायाेजना गर्न थालिएको हाे ।
शुक्रबार राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारीकाे अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मेनका पाेख्रेलकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाेख्रेलले दंगाली कम्युनिस्ट अान्दाेलनमा महिलाकाे भूमिकामा प्रशिक्षण दिएका थिए ।
नेकपा एमाले केन्द्रीय लेखा अायाेग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले दक्षिण पन्थि अवसरवाद र संगठनात्मक अराजकताकाे बारेमा प्रशिक्षण दिएका थिए । प्रध्यापक सुन्दर गाैतमले जनप्रतिनिधिकाे कार्यशैली र पार्टीकाे अन्तरसम्बन्धकाे बारेमा, नेकपा एमाले केन्द्रिय अनुशासन अायाेगका सदस्य छविलाल अाेलीले दंगाली कम्युनिस्ट अान्दाेलनकाे इतिहाँसकाे बारेमा प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन अायाेग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गाैतम, प्रदेश किमिटि सदस्य जगत पाेख्रेल, पार्टी जिल्ला सचिव मनाेहर बुढाथोकी लगायतकाे बिशेष उपस्थिति थियाे । पार्टी स्कुल विभाग प्रमुख विवेक श्रेष्ठकाे बिषय प्रवेशबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्याैपानेले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे