दुर्गम गाउँको दुख : दाङको देउखुरीमा एक सुत्केरीले बाटैमा बच्चा जन्माइन्



दुर्गम गाउँको दुख : दाङको देउखुरीमा एक सुत्केरीले बाटैमा बच्चा जन्माइन्

भालुवाङ ६ साउन । दाङको विकट पहाडी क्षेत्र राप्ती गाउँपालिका–९ चिसापानीकी १९ वर्षीया देवकला बुढालाई शुक्रबार विहान सुत्केरी बेथा लाग्यो । परिवार र आफन्तले गाउँबाट करिव २० किलोमिटरको दुरीमा रहेको प्रस्तावित भालुवाङ अस्पताल लग्ने तयारी गरे, विहान करिव ११ बजे परिवार र आफन्तले देवकलालाई डोलामा राखेर अस्पताल लग्दै थिए ।

सिमसिम पानी पनि परिरहेको थियो ।बाटो बिग्रिएर बडो मुस्किलले पैदल हिड्न सकिए पनि गाडी चल्न सक्ने अवस्था थिएन । देवकलालाई बेथाले झन् पछि झन् च्याप्दै गयो । अन्तत अस्पताल पु¥याउन नपाउँदै देवकलाले ११ः४० बजेको समयमा बीच बाटोमै बच्चा जन्माइन् । बच्चा त जन्मियो अव अस्पताल सम्म कसरी पु¥याउने भन्ने चिन्ता परिवार र आफन्तलाई प¥यो । गाउँ नजिक नवनिर्वाचित राप्ती गाउँपालिका वडा नम्बर २ की वडा सदस्य समेत रहेकी स्वम्सेविका पिमा गाहा मगर पनि साथमा थिइन् ।

उनैको पहलमा जसोतसो पानीमा रुझ्दै १२ः १५ बजेको समयमा भालुवाङ अस्पताल पु¥याए । त्यहाँ आमा र बच्चाको स्वास्थ्य परिक्षण गरियो । झन्न आमा र बच्चाको अवस्था सामान्य थियो । बच्चाको तौल ३ किलो रहेछ । आमा भने सानै उमेरमा विवाह गरेका कारण र अस्पताल सम्म बेलामै पु¥याउन नसक्दा रगत अलि बढी बगेको अस्पतालका सिनियर अहेव भुवन भण्डारीले जानकारी दिए । उनको अवस्था सामान्य भए पछि अस्पतालले बेलुका ६ ः १५ बजे डिस्चार्ज ग¥यो । देवकलाले यो दोस्रो सन्तानको रुपमा बच्चा जन्माएकी हुन् ।

देवकला जस्तै पहाडी गाउँका महिलाहरुले यसरी नै गाउँमा स्वास्थ्य संस्था नहुँदा घरमा वा बाटोमा बच्चा जन्माउनु परेको छ । भने कतिपयको यसैका कारण ज्यान समेत जाने गरेको छ । राप्ती गाउँपालिकाको देवीकोटमा स्वास्थ्य इकाई केन्द्र भए पनि सवैलाई पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा वर्षेनी पहाडी गाउँका स्थानीयहरुले दुख खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे