दाङमा मानव बेचविखन आरोपमा एक जना पक्राउ



दाङमा मानव बेचविखन आरोपमा एक जना पक्राउ

दाङ २६ जेठ । मानव बेचविखन तथा ओसारपसारको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाले भारतीय प्रहरीसँगको समन्वयमा गढवा गाउँपालिका वडा नं . ५ घर भई राजपुर गाउँपालिका २ मा काम गर्दै आएका विष्णु यादवलाई मानव बेचविखन तथा ओसारपसारको आरोपमा पक्राउ गरेको हो ।

उनले १४ वर्षीया बालिकालाई ललाईफकाई भारतको पानीपत पु¥याएका थिए । परिवारले जेठ ३ गते छोरी हराएको निवेदन प्रहरीमा दिएपछि प्रहरीको लामो अनुसन्धानबाट भारतीय प्रहरीको मद्दतमा यादवलाई नेपाल ल्याएको हो । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । पीडित पक्ष र पक्राउ परेका व्यक्तिसँग बयान लिने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे