ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु



ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम (पूर्व) २१ जेठ ।  रुकुम (पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादिङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादिङ रोडमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुई जना घाइते भएका छन् । घाइतेको रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक खत्रीले भने, ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरू आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे