तारा एअरद्वारा पोखरा–जोमसोम उडान एक हप्ताका लागि बन्द



तारा एअरद्वारा पोखरा–जोमसोम उडान एक हप्ताका लागि बन्द

काठमाण्डौ २० जेठ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ । एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो ।

गएको आइतवार पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे