घोराहीमा एमालेको अग्रता कायमै, चौधरी ४ हजार बढि मतले अगाडी



घोराहीमा एमालेको अग्रता कायमै, चौधरी ४ हजार बढि मतले अगाडी

तुलसीपुर ४ जेठ । घोराही उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार मेयर,उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ । मतगणनाको सुभारम्भमा गठबन्धनका उमेदवारले अग्रता लिएपनि त्यसपछि लगातार रुपमा एमालेका उमेदवारहरुले गठबन्धनलाई पछि पार्दै आएका छन् । घोराहीमा अहिले सम्म ५५०६५ मतगणना भएको छ । गत बैशाख ३० गते भएको निर्वाचनमा ७६५२१ मत खसेको अहिले सम्म ११ वटा वडाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीलेृ जनाएको छ । मेयरमा एमालेका नरुलाल चौधरीले चार हजार बढि मतका साथ अगाडी रहेकाे छन् ।

उनले २३,६९८ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले १९,४१२ मत प्राप्त गरेका छन् । शर्मा भन्दा चौधरीले ४,२८६ ले अगाडी रहेका छन् । उपमेयरमा एमालेका हुमा डिसीले २१,८७० र गठबन्धनको तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले २१,४५२ मत प्राप्त गरेका छन् । डिसी र डाँगी बिचको मतान्तर ४१८ रहेको छ । घोराहीमा अब वडा नम्वर ३ देखी १० सम्म मतगणना हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे