राप्ती गाउँपालिका अध्यक्षमा माओवादीका बिष्ट र उपाध्यक्षमा एमालेकी चाैधरी लाेकप्रिय मत प्राप्त गरी बिजय



राप्ती गाउँपालिका अध्यक्षमा माओवादीका बिष्ट र उपाध्यक्षमा एमालेकी चाैधरी लाेकप्रिय मत प्राप्त गरी बिजय

भालुवाङ ३ जेठ । देउखुरीकाे राप्ती गाउँपालिकामा मिश्रित मत परिणाम आएकाे छ । मंगलबार दिउँसाे करिब १२ बजे सम्म सम्पन्न मत गणनाकाे परिणाम अनुसार पालिका अध्यक्षमा माओवादीका प्रकाश बिष्ट र उपाध्यक्षमा एमालेकी कमलापति चाैधरीले लाेकप्रिय मत प्राप्त गरी फराकिलाे मन्तान्तरले निर्वाचित भएका छन् ।

अध्यक्ष बिष्ट र उपाध्यक्ष चाैधरीले फराकिलाे मतान्तरणले बिजय भएकाे निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिएका छन् । अध्यक्ष बिष्टले ६ हजार ८ सय ९८ मत ल्याएर बिजय भएका छन् । भने उनका निकतम प्रतिद्वन्द्वी एमालेका जगतप्रसाद पाेख्रेलले ५ हजार ७ सय प्राप्त गरेका थिए। बिष्टले १ हजार १ सय ९८ मतकाे मन्तारमा बिजय भएका हुन् ।

त्यस्तै अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसकी जगदम्बाकुमारी चाैधरीले ४ हजार १ सय ९९, जसपका टाेपबहादुर कार्कीले १ सय ६५, मंगाेल नेशल अग्रनाइजेशनका शाेभाराम बुढाले १ सय ९९, स्वतन्त्र तर्फबाट बुद्धिप्रकाश चाैधरी ३ हजार १ सय ८६ र आर्का स्वतन्त्र उम्मेदवार रमेश चाैधरीले ३० मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

त्यस्तै उपाध्यक्ष कमलापति चाैधरीले ६ हजार ६ सय ७४ मत प्राप्त गरी बिजय भएकी छिन् भने उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४ सय ९६ मत प्राप्त गरी पराजित भएका छन्। चाैधरीले १ हजार १ सय ७८ मतले पछि पार्दै बिजय हुनु भएकी हुन् । त्यस्तै उपाध्यक्ष तर्फ गठबन्धनबाट राजमाेका केशबराज खनाल ४ हजार ४ सय ६५, नेकपा एकिकृत समाजवादीका मुकुन्दराज राेकाले ५ सय २१ र मंगाेल नेशनल अर्गनाइरेजुनका हिरा थापा मगरले २ सय ४० मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

यता ९ वटा वडा रहेकाे राप्ती गाउँपालिकामा माओवादीले पालिका अध्यक्ष सहित २ वटा वडा, एमालेले उपाध्यक्ष सहित ४ वटा वडा, नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमाेर्चाले भने १/१ वटा वडामा निर्वाचित भएका छन् । जस अन्तर्गत माओवादीले वडा नम्बर २ र ९, एमालेले १, ५, ७ र ८ तथा नेपाली कांग्रेसले वडा नम्बर ३, नेकपा एकिकृत समाजवादीले वडा नम्बर ६ र राष्ट्रिय जनमाेर्चाले वडा नम्बर ४ मा निर्वाचित भएका छन् ।

यस अघि २०७४ सालकाे निर्वाचनमा नेपाली कांग्रेस ५, माओवादी ३ र एमालेले १ वटा वडा जितेकाे थियाे । त्यतिबेला कांग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा नम्बर १, ४, ५,६ र ७ तथा माओवादीले वडा नम्बर २,३ र ९ तथा एमालेले वडा नम्बर ८ मा विजय हासिल गरेको थियाे ।

२०७४ सालमा कांग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडा सहित बहुमतकाे सरकार बनाएकाे थियाे तर २०७९ सालकाे निर्वाचनमा कांग्रेसले आफ्नाे बिरासर समेत जाेगाउन सकेन । कांग्रेसले जितेका वडामा यसपालि प्राय एमालेले जित निकालेकाे छ ।

कुन वडामा कसले जित्याे ? विवरण सहित :

नेकपा माओवादी केन्द्र :
– पालिका अध्यक्ष : प्रकाश बिष्ट सहित
-२ नम्बर वडा अध्यक्ष-पहलमान चाैधरी
-९ नम्बर वडा अध्यक्ष-रिमबहादुर सुनारी

नेकपा एमाले :
– पालिका उपाध्यक्ष : कमलापति चाैधरी सहित
-१ नम्बर वडा अध्यक्ष – गेमबहादुर खड्का
-५ नम्बर वडा अध्यक्ष- देवप्रसाद चाैधरी
-७ नम्बर वडा अध्यक्ष- सिताराम चाैधरी
-८ नम्बर वडा अध्यक्ष- चन्द्रबहादुर गुरूङ्ग

नेपाली काँग्रेस :
-३ नम्बर वडा अध्यक्ष-उमेश अधिकारी

राष्ट्रिय जनमाेर्चा :
-४ नम्बर वडा अध्यक्ष-बिरबहादुर चाैधरी

नेकपा एकिकृत समाजवादी :
-६ नम्बर वडा अध्यक्ष-दिपककुमार चाैधरी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे