एमालेले वैशाख ९ गते पालिका चुनावकाे घाेषणापत्र जारी गर्ने



एमालेले वैशाख ९ गते पालिका चुनावकाे घाेषणापत्र जारी गर्ने

काठमाण्डाै २९ चैत । नेकपा एमालेले आउँदाे वैशाख ९ गते पालिका चुनावकाे घोषणापत्र जारी गर्ने भएको छ । पार्टीका नेताहरूले बुझाएका सुझावपत्र लिँदै आज मङ्गलवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले पालिकालाई दिएको अधिकारलाई हेक्का राखेर प्रतिबद्धता जारी गर्नुपर्ने बताए । उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यस पटक एमालेले गर्ने काम नागरिकले बुझ्ने गरी घाेषणापत्रमा राख्ने बताए ।

पोखरेलले भने, ‘हाम्रा घोषणा दुई किसिमका हुनेछन् । एउटा केन्द्रबाट जारी गरिनेछ, त्यो घोषणापत्रमा नेकपा एमालेले पालिकामा निर्वाचित भइसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ भन्ने कुराको नीतिगत निर्देशनको रूपमा जारी हुनेछ । र त्यही प्रतिबद्धताको आधारमा उभिएर सात सय ५३ वटा नै पालिकाले प्रतिबद्धता पत्र जारी गर्दछन् । त्यो प्रतिबद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र प्रतिबद्धता जारी गर्दा पालिका र प्रतिनिधि सभा फरक ठाउँ भएकाले एउटै बनाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे