भालुवाङ– प्युठान सडक खण्डको बगासोतीमा भाँसिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्यो



भालुवाङ– प्युठान सडक खण्डको बगासोतीमा भाँसिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्यो

भालुवाङ २८ चैत । भालुवाङ– प्युठान सडक खण्डको राप्ती गाउँपालिका १ बगासोतीमा भाँसिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
गएको वर्षायाममा भाँसिएको सडक अहिले सम्म मर्मत नहुँदा सवारी साधानहरुलाई आवात जावतमा निकै सास्ती खेस्नु परेको छ ।

कतिपय गाडीहरुले भाँसिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेको स्थानीय टेकबहादुर महतराले जानकारी दिएका छन् । सडक भाँसिएको ६ महिना भन्दा बढी भइसकेको छ तर मर्मतमा कसैले चासो देखाएका छैनन् जव ठुलो दुर्घटना हुन्छ अनि बाटो बनाउलान् महतराले भन्नु भयो ।

भालुवाङ– प्युठान सडक खण्ड एका तिर साँघुरो छ त्यसमा बिग्रिएको सडक मर्मत नहुँदा त्यसको मार गाडीधनीले खेप्नु परेको छ । सो बाटो भएर स्थानीय सरकारका प्रमुख, सांसद, मन्त्री पनि आवात जावत गर्छन् तर बाटो बनाउन कसैलाई मतलव छैन् ।

यदि समयमा सो बाटो मर्मत नभए अवको वर्षातमा सो बाटो पुर्णरुपले बन्द नहोला भन्न सकिन्न । तल राप्ती नदी र माथि पहाड भएकोले तलबाट राप्ती नदीको कटान र माथिबाट खस्ने पहिरोले वर्षेनी सो सडक खण्ड बिग्रीदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे