राप्ती गाउँपालिकाको ९ नम्बर वडामा विद्युत पुग्यो, स्थानीयहरु खुसी



राप्ती गाउँपालिकाको ९ नम्बर वडामा विद्युत पुग्यो, स्थानीयहरु खुसी

भालुवाङ २५ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ मा पहिलो पटक विद्युत पुगेपछि स्थानीयहरु खुसी भएका छन् । गाउँपालिकाको विकट वडाको रुपमा रहेको वडा नम्बर ९ मा विद्युत पुगेपछि त्यहाँका स्थानीयहरु खुसी भएका हुन् ।राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट देखि ८ किलोमिटरको दुरीमा रहेको देवीकोट, रुपाकोट, कालाखोला, जावुने, तल्लो घोषखोला लगायतका गाउँमा पहिलो पटक विद्युत पुग्दा त्यहाँका स्थानीयहरुमा खुसीयाली छाएको छ । विद्युत नहुँदा टुकीको भरमा रात बिताउन बाध्य त्यस गाउँमा विद्युत पुग्दा भने धेरै सजिलो भएको स्थानीयहरुको भनाई रहेको छ ।राप्ती गाउँपालिका वडा नम्बर ९ को आर्थिक वर्ष २०७५/०७६ को ७१ लाख र नेपाल विद्युत प्राधिकरण लमहीको सहयोगमा ती गाउँहरुमा विद्युत पुगेको हो । यस अघि विद्युत नहुँदा, रातीको समयमा खाना पकाउन, मोबाइल चार्ज गर्न र गर्मीको समयमा रात कटाउन गाह्रो हुने समस्या रहेको थियो । जनप्रतिनीध भएर आएपछि आफुले पहिलो पटक गाउँमा विद्युत ल्याउन सफल भएको वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले बताउनु भयो ।हाल देवीकोटमा ५३ घर र रुपाकोटमा ९ घरमा बत्ती बलिसकेको छ । अहिले विद्युत प्राधिकरणमा मिटर अभावका कारण बाँकी घरमा विद्युत जडान गर्न नसकिएको बताइएको छ । अझै पनि देशका पहाडी गाउँहरुमा विद्युत पुग्न सकेको छैन । तराईमा झलमल्ल उज्जयालो हुँदा पहाडी गाउँ भने अंधकारमय रहेको छ । त्यसैले स्थानीय, प्रदेश र संघिय सरकारले विद्युत नपुगेको ठाउँमा विद्युत विस्तार गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे