अफगानिस्तानमा ‘कठाेर सजायहरू फेरि सुरु हुने’ तालिबान अधिकारीकाे चेतावनी



अफगानिस्तानमा ‘कठाेर सजायहरू फेरि सुरु हुने’ तालिबान अधिकारीकाे चेतावनी

काठमाण्डाै ९ असाेज । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अब कट्टर इस्लामी कानुनहरू लागू गरिने तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले चेतावनी दिएका छन् ।

तालिबानका संस्थापकमध्ये एक र पूर्वकार्यकालमा इस्लामी कानुनलाई कठाेर व्याख्यासहित लागू गर्ने मुल्लाह नुरूद्दीन तुराबीले अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय सुरक्षाका लागि आवश्यक भएकाे बताएका छन् ।

तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताएका छन् । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेकाे थियाे ।

गएकाे अगस्ट १५ मा अफगानिस्तानमाथि कब्जा लिएयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आए पनि देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे