भुसालले जनता समाजवादी पार्टीबाट राजिनामा दिए



भालुवाङ ५ असोज । जनता समाजवादी पार्टी राप्ती गाउँपालिकाका पुर्व कोषाध्यक्ष तथा जिल्ला सदस्य युद्धबहादुर भुसालले पार्टीबाट राजिनामा दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर निवासी भुसालले आज पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्मालाई राजिनामा पत्र बुझाएका हुन् ।

पार्टीमा बसेर देश र जनताको लागि आफ्नो व्यापार व्यवसायीलाई समेत वास्ता नगरी रातदिन खटिरहेको अवस्थामा पनि जनताको हितमा काम नगरेको भन्दै कुनैपनि पार्टीको झोला बोकेर हिड्न आफुलाई नैतिकताले नदिएकोले आजको मिति देखि कुनै पनि पार्टीमा नरहने गरी भुसालले राजिनामा दिएका हुन् ।

करिव १२ वर्ष देखि राजनीतिमा सक्रिय रुपमा लागेका भुसाल २०६७ सालमा राष्ट्रिय जनमोर्चाबाट राजनीति सुरु गरी नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टी राप्ती गाउँपालिकाको पुर्व कोषाध्यक्ष र जिल्ला सदस्य पदमा बसेर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे