दाङमा आज थप एक जनामा कोरोना पुष्टि, ३ जना निको



दाङमा आज थप एक जनामा कोरोना पुष्टि, ३ जना निको

दाङ ३ असाेज । आज दाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर परिक्षण गर्दा तुलसीपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै आज दाङका ३ जना कोरोना मुक्त भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

कोरोनामुक्त हुनेमा तुलसीपुरका २ जना र राप्तीको एक जना रहेको केन्द्रले जनाएको छ । आज थप ३ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७६ रहेको छ ।ति मध्य घरमा ६८ जना, ५ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३७ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ४६ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे