जसपाका पदमुक्त ३ सांसदको रिटको सुनवाई स्थगित



जसपाका पदमुक्त ३ सांसदको रिटको सुनवाई स्थगित

बुटवल २१ साउन । लुम्बिनी प्रदेशका तीन प्रदेश सभा सदस्यले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ। जनता समाजवादी पार्टी जसपाले कारवाही गरेपछि उनीहरु प्रदेश सभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

आज पेशी तोकिए न्यायाधीश इश्वर खतिवडाको इजलाशमा सुनवाइ हुने तय भएको थियो । तर निवेदककै कानून व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो। यस अघि मंगलबार पेशी तोकिएपनि सुनवाइ हुन सकेको थिएन। आज दोस्रो पटक पेशी तोकिएको हो। तीन जनाको रिट न्यायाधीश इश्वर खतिवडाको इजलाशमा सुनुवाइ हुनेछ।

हालै निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएको थियो। आधिकारिकता पाएपछि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री समेत भएका तीन जनालाई जसपाले कारवाही गरेको थियो।

प्रदेश सभा सचिवालयले कारवाहीको सुचना जारी गरि पदमुक्त भएको जानकारी गराएपछि तीन जना अदालत गरेका थिए। पदमुक्त भएका तीन सांसदले उत्पे्रषण र अवहेलनाको छुट्टा छुट्दै मुद्दा दर्ता गरेका हुन्। यस अघि उनीहरुले दायर गरेको रिट अदालतमा विचाराधीन छ ।

मुद्दा विचाराधिन रहेको अवस्थामा फेरी कारवाही गरिएको भन्दै लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ति र प्रदेश सभा सचिवालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे