पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले पनि सफाइ दियो



पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले पनि सफाइ दियो

काठमाण्डाै १२ साउन । यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाएका हुन् ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डाै जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो । पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डाै जिल्ला अदालतले सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे