LISTEN LIVE RADIO

असिना पानीले राप्तीका विभिन्न वडामा ताेरी तथा तरकारी बालीमा क्षती



असिना पानीले राप्तीका विभिन्न वडामा ताेरी तथा तरकारी बालीमा क्षती

देउखुरी ३० असोज । सोमबार बेलुकी परेको असीना पानीले राप्ती गाउँपालिकाका विभिन्ना वडामा लगाइएको तोरी तथा तरकारी बालीमा ठुलो क्षति पुर्‍याएको छ।असिना पानीका कारण वडा नम्बर ५ को भुल्के, चित्रिकोट लगायतकाका स्थानका किसानहरूले करिब १० बिघा क्षेत्रफलमा लगाएको तोरी, टमाटर, गोभी लगायतका तरकारी बालीमा ठुलो क्षति पुर्‍याएको छ। भुल्केका कृषक शेर बहादुर बुढा मगर, जीवलाल घर्ती मगर , बोधिलाल बुढा मगर लगायतका सो गाउँका किसानहरुले करिब ७ बिघा क्षेत्रफलमा लगायतको तोरी तथा तरकारी बालीमा क्षेति पुर्‍याएको छ।त्यस्तै सोही वडाकै थकरीकोट र चित्रीकोटमा पनि कृषकहरुले लगायतको तरकारी बलीमा पनि ठुलो क्षेति पुर्‍याएको चित्रीकोटका कृषक तनबहादुर दर्लामी मगरले जानकारी दिएका छन् । यसै बीच राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चौधरीले मंगलबार असिना पानीले क्षति पुर्‍याएको सो क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। अवलोकन पश्चात् अध्यक्ष चौधरीले तत्काल कृषि प्रविधिक खटाई क्षतिको विवरण संकलन गरि अवश्यक सहयोग गरिने बताउका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे