LISTEN LIVE RADIO

राप्ती गाउँपालिका र वडा कार्यालयमा कर बुझाउन आउने करदातालाई रायो र मुलाको बिउ उपहार



राप्ती गाउँपालिका र वडा कार्यालयमा कर बुझाउन आउने करदातालाई रायो र मुलाको बिउ उपहार

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिकाले कर बुझाउन आउने करदाताहरुलाई रायो र मुलाको बिउ उपहार दिन सुरु गरेको छ ।‘जनताको कर जनताको घरमा’ भन्ने मुलनाराका साथ सो अभियान सञ्चालन गरिएको छ । अभियान अन्तर्गत गएको भदौ २६ गते मंगलवार देखि गाउँपालिका र ९ वटै वडा कार्यालयबाट विभिन्न प्रकृतिका कर बुझाउन आउने करदाताहरुलाई ४० दिने मुला र रायोको बिउ उपहार दिन थालिएकोे छ ।
कर बुझाउा आउँदा आफुले रोजेको बीउ उपहार पाउदा करदाता समेत खुसी देखिएका छन् । कर बुझाउन आलटाल गर्नेहरुलाई पनि यो अभियानले प्रोत्साहन गरेको छ । कर बुझाउँदा सिजन अनुसारको बीउ पाउदा किसानहरुलाई अझ राहत मिलेको करदाताहरुको भनाई रहेको छ ।जनताको पनि कर तिर्ने दायित्व हो कर जम्मा भइसकेपछि फेरि जनताकै सेवा सुविधामा जोडिन आउने भएकोले ती कुरा जनतालाई बुझाउन पनि यो कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख भट्टले बताइन्् । आज भोली मानिसहरु व्यस्त बन्दै गइरहेका छन् । पैसा चाहि कसरी कमाइन्छ भन्ने तिर लागेको तर स्वास्थ्यको त्यति धेरै ख्याल समेत नगरेकोले यो कार्यक्रमले स्वास्थ्यमा समेत mाइदा पुगोस् भन्नका लागि पनि यो कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख भट्टको भनाई छ । व्यवसायीक किसानलाई मात्र नभएर थोरै करेसाबासी भएकाहरुलाई पनि घरमै उत्पादन गरेको सागसब्जी खानुपर्छ भन्ने संदेश पनि कार्यक्रमले दिएको भट्टको भनाई छ ।गाउँपालिकाको कार्यालय सँगै वडा कार्यालयमा पनि कर बुझाउने करदाताहरुलाई बिउको सहि सदुपयोग हुने गरि सोधेर मात्र उपहार स्वरूप बिउ उपलब्ध गराइने गरेको र २ दिनको अवधीमा १२÷१५ जनाले कर बुझाएर बीउ उपहार लगेको शाखा प्रमुख भट्टले जानकारी दिएकी छिन् । यस आर्थिक वर्ष २०८०÷८१ को कुल १ लाख ४० हजार बजेटबाट सो अभियानको सुरुवात गरिएको छ । यस्ता कार्यक्रमले सेवाग्राहीहरु थप उत्साहित हुने हुदा यसको सिको अन्य पालिकाहरुले पनि गर्न जरुरी देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे