LISTEN LIVE RADIO

नामसालिङले बाड्यो राप्तीका विपन्न कृषकहरूलाई फलफूलका बिरूवा



नामसालिङले बाड्यो राप्तीका विपन्न कृषकहरूलाई फलफूलका बिरूवा

भालुवाङ १९ साउन । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिकाका विपन्न कृषकहरूलाइ बहुबर्षीय फलफूलका बिरूवा वितरण गरेकाे छ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे घरबगैचा व्यवस्थापन कार्यक्रम अन्तर्गत कृषकका मागका आधारमा राप्तीका विभिन्न वडाका कृषक समूहका ७५ जना सदस्यहरूलाइ पारिवारिक पाेषण तथा आयआर्जनमा सहयाेग पुर्याउने उद्देश्यले विभिन्न उन्नत जातका बहुबर्षीय फलफूलका बिरूवा ५०% अनुदानमा वितरण गरिएकाे छ।

विरूवा वितरण कार्यक्रममा नासाविकेका कृषि प्राविधिक तथा सामाजिक सहजकर्ताले बहुवर्षीय विरूवा लगाउने तथा स्याहार सुसार गर्ने सम्बन्धी जानकारी समेत गराएका थिए।
वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे