LISTEN LIVE RADIO

राप्ती चेम्बर अफ कामर्सको मातहतमा कृषि समिति गठन, अध्यक्षमा अर्जुन कुमार क्षेत्री



राप्ती चेम्बर अफ कामर्सको मातहतमा कृषि समिति गठन, अध्यक्षमा अर्जुन कुमार क्षेत्री

भालुवाङ २० असार । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो मातहतमा रहने गरि कृषि समिति गठन गरेको छ ।

चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय कृषि समिति गठन गरेको हो । कृषकहरूको हकहित तथा उनीहरूका समस्याहरूको सहजीकरण गर्न राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर कृषि समिति गठन गरेको हो । चेम्बरका सदस्य अर्जुन कुमार क्षेत्रीको अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय कृषि समिति गठन गरिएको छ ।

गठित कृषि समितिको प्रथम उपाध्यक्षमा प्रेमलाल चाैधरी, दोस्रो उपाध्यक्षमा करमकाशी चाैधरी, महासचिवमा हरिचन्द्र चाैधरी, सचिवमा डिल्लीराज सुवेदी , कोषाध्यक्षमा नुमराज चाैधरी र सहकोषाध्यक्षमा कृष्णा न्याैपाने रहेका छन् । त्यसैगरि सदस्यहरुमा राजेन्द्र चाैधरी, लिलाराम चाैधरी, दुखानी चाैधरी, रामऔतार चाैधरी, योगेन्द्र चाैधरी, आशाराम चाैधरी भगेलुप्रसाद चाैधरी, मोतीलाल चाैधरी, विष्णु कुवर योगी र जिउलाल चाैधरी रहेका छन् ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष श्रीधर महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष महराले कृषकहरूको समस्या तथा गुनासो सम्बोधन तथा सहजीकरण गर्न चेम्बरको भुमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

चेम्बरकी प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे