दाङमा किसानका पीडा : सुख्खा खेत, पानीको पर्खाईमा किसान



दाङमा किसानका पीडा : सुख्खा खेत, पानीको पर्खाईमा किसान

दाङ ३२ असार । असार महिनाको अन्तिम दिन आज । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का बन्धु चौधरी सुस्सेरी हाल्दै उफ कहिले पानी पर्ला ब्याड पहेलै भैगो भन्दै एक्लै गनगन गर्दै थिए। आकाश तिर हेर्दै अह आज पनि पानी आउने छाट्काट देखिएन कतै बादल देखिदैन भन्दै पीडा पोख्दै थिए।

अर्का एक जना खिम बहादुर डागी बर्ष भरी खाने धान रोप्न भनेर मजदुर गर्न भारत गएका उनी खेती गर्न दाङ आएका छन । उनको पनि उस्तै पीडा छ । छिटो खेती गरे भारत काम गर्न जाने होला भन्दै पीडा सुनाउदै थिए । समस्या उस्तै सबैको।

असारको अन्तिम सम्मपनी पानी नपर्दा खेत बाझै हुनेहुन कि भन्ने पीडा किसानमा उस्तै छ। ।बर्षा संगै किसानलाई रासायनिक मलको पनि सास्ती खेप्नुपरेको छ। किसानहरुले राखेको ब्याड समयमा मल नपाउदा पहेँलै भएको छ त्यही ब्याडले पनि सिंचाई नपाउदा ब्याड मर्ने अबस्थामा छ्न । असार महिना सकिन लाग्यो । पानी नपर्दा खेत बाझै छ्न रोपाई कहिल गर्ने कुनै ठेगान छैन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे