संसद बैठकमा गंगा चाैधरीको आक्रोश : मल विना बिरुवा संरक्षण कसरी हुन्छ



संसद बैठकमा गंगा चाैधरीको आक्रोश : मल विना बिरुवा संरक्षण कसरी हुन्छ

भालुवाङ ८ असार । प्रतिनिधि सभा सदस्य गंगा चाैधरी सत्गाैवाले मल बिना बिरुवा संरक्षण हुन नसक्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा मंगलबार बिरुवा संरक्षण सम्बन्धि आफ्नो धारण राख्दै चाैधरीले धान रोप्न बेला सम्म मल नपाउँदा किसानहरू निरास भएको र उत्पादन घट्ने चिन्ता किसानमा भइरहँदा सरकारको ध्यान त्यस तर्फ नगएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

प्रतिनिधि सभा सदस्य चाैधरी बिरुवा संरक्षणका लागि माटो परिक्षण नहुनु, कुन कुन जिल्लाको कुन कुन ठाउँमा प्रयोगशाला छ त्यस विषयमा सभामुख मार्फत कृषि मन्त्रीको ध्यानाकर्षण समेत गराएकी छिन् ।

त्यस्तै उनले विभिन्न बालीनालीमा लाग्ने रोगको समयमा पहिचान र उपचार नपाउँदा किसानले वर्षेनी घाटा बेहोर्नु परेको गुनासो समेत पोखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे