दाङ देउखुरीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै छर्न समस्या



दाङ देउखुरीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै छर्न समस्या

सिसहनियाँ ३० जेठ । आकाशे पानीकाे भरमा लगाइने मकैबाली पानी नपर्दा दाङ देउखुरीको पहाडी क्षेत्रका किसानहरू चिन्तित भएका छन् ।

राप्ती गाउँपालिका र लमही नगरपालिकाकाे पहाडी भेग करङ्गेकाेट,चित्रिकाेट,थकरीकाेट,बाैराहाका किसानहरू समस्यामा परेका छन्।

सिचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकै खेती गर्दै आएका किसानले जेठकाे अन्तिम सम्म पनि मकै राेप्न पाएमा छैनन् । समयमै मकै राेप्न नपाउँदा उत्पादन घट्न सक्ने भन्दै किसानहरू चिन्तीत भएका छन् ।

मनसुन शुरुआत हुने समय भएता पनि यस क्षेत्रमा पानी नपर्दा किसानहरुकाे खेतबारी बाँझाे हुनुका साथै पशुचाैपायलाई चरिचरणमा समेत समस्या भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे