दाङ सहित देशभर आज देखि कृषि गणना शुरु



दाङ सहित देशभर आज देखि कृषि गणना शुरु

दाङ ६ वैशाख । दाङ सहित देशभरमा आज देखि कृषि गणना शुरु भएको छ । जिल्ला कृषि गणना कार्यालय दाङले आज देखी जेठ १९ गते सम्म गणनाको काम हुन लागेको जनाएको हो।

कार्यालयले छनोट विधीमा आधारित गणनाको काम गर्न लागिएको जानकारी दिएको हो । कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले दाङमा करिब एक लाख ६ हजार किसानहरु रहेको बताए । ति मध्य ५ हजार ९ सय ७५ जनाको फारम भरेर छनौट विधी मार्फत कृषि गणना हुने उनको भनाई छ । प्रत्येक १० बर्षमा गरिदै आएको कृषि गणनाबाट कृषि क्षेत्रको विकासका लागि योजना तर्जुमा सँगै नीति तथा कार्य योजना बन्ने छ ।

५ प्रतिशत किसानको स्याम्पलले एक सय प्रतिशत नतिजा निकाल्ने गरि काम हुने पोख्रेलले बताउनुभयो । गणकहरुले गणना स्थलबाट त्यस क्षेत्रका किसानहरुको खेतीको अबस्था, कृषि लागत, यान्त्रिक उपकरणको प्रयोगको अबस्था, अनुदानको अबस्थाका बारेमा जानकारी लिईने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे