LISTEN LIVE RADIO

बहराइनद्वारा रुसमा विकास गरिएको खोप प्रयोगका लागि अनुमति



बहराइनद्वारा रुसमा विकास गरिएको खोप प्रयोगका लागि अनुमति

काठमाण्डौ २९ माघ । बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो ।

राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्ने गरी अनुमति दिइएको जनाएको छ ।

बहराइनका स्वास्थ्य अधिकारीले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा जोड दिएका छन् । बहराइनमा कोरोनाविरुद्धका अरु खोपको प्रयोग भने यसअघि नै सुरु भइसकेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे