LISTEN LIVE RADIO

सामाजिक सञ्जालको माध्यमबाट नागरिक विरोध प्रदर्शनमा जुट्न नसकुन् भन्दै म्यानमारमा इन्टरनेट सेवा अवरुद्ध



सामाजिक सञ्जालको माध्यमबाट नागरिक विरोध प्रदर्शनमा जुट्न नसकुन् भन्दै म्यानमारमा इन्टरनेट सेवा अवरुद्ध

काठमाण्डाै २४ माघ । म्यानमानरमा इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । सैन्य कूको विरोधमा जनताहरु सडकमा उत्रिएपछि इन्टरनेट सेवा अवरुद्ध पारिएको बीबीसीले जनाएको छ ।

इन्टरनेट मनिटरिङ समूह नेटब्लक इन्टरनेट अब्जरभेटरीले म्यानमारमा इन्टरनेट सेवामध्ये जम्मा १६ प्रतिशतले मात्र काम गरिरहेको जनाएको छ । सामाजिक सञ्जालको माध्यमबाट विरोध प्रदर्शनमा जुट्न नागरिकहरुलाई अप्ठ्यारो होस् भन्दै ट्विटर र इन्टाग्राममा पनि रोक लगाएको छ । फेसबुक भने हिजो नै बन्द गरिएको थियो ।

दंगा नियन्त्रक प्रहरीले शहरको केन्द्र भागमा जाने बाटोहरु बन्द गरेका छन् । इन्टरनेट बन्द गरिएको विषयमा सेनाले कुनै टिप्पणी गरेको छैन । गएको सोमबार आङसाङ सू की लगायतका नेतालाई पक्राउ गर्दै सम्पूर्ण अधिकार सेनाले आफ्नो हातमा लिएसँगै त्यहाँकाे नागरिक प्रजातन्त्रकाे माग र सैनिक कूकाे विराेधमा सडकमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे