LISTEN LIVE RADIO

इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लाग्यो



इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लाग्यो

काठमाण्डौ २६ पुस । इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।बिहानबाट सुुरु भएको खोजीकार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् । बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ ।

चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ। जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे