LISTEN LIVE RADIO

नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई कोरोनाविरुद्धको पहिलो डोज



नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई कोरोनाविरुद्धको पहिलो डोज

काठमाण्डौ ७ पुस । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोनटेकको कोरोनाखोपको पहिलो डोज लगाएका छन् । बाइडेनले खोप लगाएको दृश्य टेलिभिजनमाप्रत्यक्ष प्रसारण गरिएको थियो ।

फाइजरको कोरोनाखोप सुरक्षितभएको सन्देश अमेरिकी जनतालाई दिनआफूले पहिलो डोज लगाएको बाइडेनको भनाइ छ । उनले डेलावेयरको नेवार्कमा खोप लगाएका हुन् । बाइडेनले आफ्नीपत्नी जिल बाइडेनले पनिखोपको पहिलो डोज लिएको जानकारी दिए ।

नवनिर्वाचित उपराष्ट्रपति कमलाह्यारिस र उनकापति डग एम्हाफले आगामी साताखोप लिने अपेक्षा गरिएको छ । यसअघि उपराष्ट्रपति माइक पेन्स र अमेरिकीतल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख नैन्सी पेलोसीले पनि खोपको पहिलो डोज लगाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे