LISTEN LIVE RADIO

रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण, दुई जनाको ज्यान गयो



रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण, दुई जनाको ज्यान गयो

एजेन्सी । रुसले युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण गरेको छ । पछिल्लो आक्रमणका कारण कम्तीमा दुई जनाको ज्यान गएको छ ।आक्रमणका कारण सहर पूर्ण रुपमा उर्जाबिहीन भएको र खेरसान क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ ।

युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले सहरको केन्द्रमा गोली चलाएको दाबी गर्नुभएको छ ।

रुसी सेनाले गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसबेला झण्डै तीन लाख जनसङ्ख्या भएको खेरसन सहरलाई कब्जामा लिएको थियो ।

तर युक्रेनको सेनाले गएको नोभेम्बरमा यो सहरलाई आफ्नो कब्जामा लिएको थियो । खेरसन सहरमा रुस र युक्रेनका सेनाबीच दोहोरो आक्रमण भइरहेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे