LISTEN LIVE RADIO

बाढी/पहिरोले पाकिस्तानकाे अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति



बाढी/पहिरोले पाकिस्तानकाे अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति

एजेन्सी । पाकिस्तानले यस वर्षको विनाशकारी बाढी/पहिरोका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी ब्यहोरेको छ । यो क्षति देशको कुल ग्रार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले बताए ।

पाकिस्तान जलवायु परिवर्तनको खराब अवस्था सामना गर्ने सबैभन्दा कमजोर देश समेत रहेको छ । पाकिस्तानले जलवायु परिवर्तनको चुनौती र बाढी/पहिरोबाट उत्पन्न समस्यालाई समाधान खोज्न अन्तर्राष्ट्रिय समुदाय र परोपकारी संस्थालाई सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ ।

विभिन्न निकाय तथा सामाजिक सहयोगबाट सरकारले पछिल्लो विपत्तिबाट उत्पन्न सङ्कट बिस्तारै समाधान उन्मुख बन्दै गएको मन्त्री इकबालले बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे