म्यानमारमा सुकीको पार्टी खारेज गर्नेे निर्वाचन आयोगको तयारी



म्यानमारमा सुकीको पार्टी खारेज गर्नेे निर्वाचन आयोगको तयारी

काठमाण्डाै ८ जेठ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)लाई खारेज गर्ने तयारी गरेको हो ।

गएको वर्ष भएको चुनावमा जालसाजी गरेको आरोप लगाउँदै यो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिए ।

गएको वर्षको नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ सिट जितेको थियो । यसलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । सेनाले गएको फेब्रअरी १ मा नेत्रृ सुकीसहितका नेतालाई हिरासतमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको छ । यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे